दाङ । कुनै नयाँ प्रणाली स्थापित हुनु भनेकाे अर्काे प्रणाली विस्थापित हुनु हाे । अँझै पनि केही सरकारी प्रयाेजनका लागि हुलाककाे ओैचित्य समाप्त नभएझैं छापा पत्रकारिताकाे पनि केही अंश लामाे समयसम्म रहिरहन्छ ।
हामी जति राेइकराई गरेपनि डिजिटल मिडिया राेकिनेवाला छैन । हामीले डिजिटल मिडियाकाे विकास, सम्भावना र चुनाैतिका बारेमा विमर्श गर्नुपर्छ । अब छापा पत्रकारिता गर्नेहरूले आफूलाई मुलधारकाे पत्रकार हाैं भनेर भ्रम पाल्न हुन्न ।
मुलधार के भनेर निर्धारण गर्ने समाजले हाे । कुनै व्यक्ति या समूहले हाेइन । हरेक नयाँ चिज आउदा विकृति साथसाथै आउँछ । यसलाई सुधार गर्दै अघि बढ्नुपर्छ ।