२० आश्विन २०८३, मंगलबार
06-10-2026 , Tue
×

अर्घाखाँचीको सातमारामा दोस्रो बृहत साँस्कृतिक तथा पर्यटन व्यापार मेला महोत्सव उद्घाटन

Logo
बिदुर एमसी प्रकाशित शुक्रबार, कार्तिक ०२, २०८१

 

दाङ । देउखुरी भालुवाङ पूलपारी अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका- ८, सातमारामा दोस्रो बृहत साँस्कृतिक तथा पर्यटन व्यापार मेला महोत्सव सुरू भएको छ । शुक्रबार अपरान्ह लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले एक समारोहका वीच कैंचीले रिबन काटेर महोत्सवको विधिवत उद्घाटन गरेका हुन् ।

शितगंगा संस्कृतिको माैलिक कला, विकृति विसंगति हटाउने मेला, भन्ने मूल नाराकासाथ एकता युवा क्लव लाहापेको आयोजना सुपा देउराली मन्दिर सहआयोजनामा महोत्सव सञ्चालन गरिएको आयोजकले बताएको छ ।

क्लवका अध्यक्ष मोहन थापाको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्याैपानेको प्रमुख आतिथ्यतामा भएको महोत्सव उद्घाटन समारोहमा मन्त्री न्याैपानेले अर्घाखाँचीको समग्र पर्यटन विकास गर्न शितगंगा क्षेत्रको विकासका लागि सबै पक्षहरु मिलेर योजना बनाउनुपर्ने कुरामा जोड दिएका छन् । साना साना योजनामा लगानी लगाउनुभन्दा एक दुईवटा ठूला योजनामा लगानी लगाए मात्र परिणाम देखिनेगरि उपलब्धि हुने मन्त्री न्यौपानेले बताए । प्रदेश सरकारले त्यसका लागि लगानी लगाउन तयार रहेको ठोकुवा पनि गरे ।

महोत्सव उद्घाटन समारोहमा बोल्ने क्रममा मन्त्री न्याैपानेले अर्घाखाँची जिल्ला धार्मिक तथा पर्यटनका दृष्टिकोणले प्रवल सम्भावना बोकेको जिल्ला भएकाले पर्यटनको हवको रूपमा विकास गर्न आवश्यक रहेको बताएका छन् ।  त्यस्तै मन्त्री न्याैपानेले आयोजकहरूलाई उद्देश्य बनाएर मात्र मेला महोत्सव सञ्चालन गर्न सुझाव दिएका छन् । मेला महोत्सवको उद्देश्य स्पष्ट नहुँदा आलोचित हुनुभन्दा उद्देश्य स्पष्ट हुन जरूरी रहेको बताए । मन्त्री न्याैपानेले युवाहरूलाई पुराना पुस्ताले संस्कार संस्कृति हस्तान्तरण गर्न नसक्नु दुखद कुरा भएको बताएका छन् । त्यसका लागि युवा पिंढी स्वयं जागरुक हुन आवश्यक रहेको बताए ।

नेपालमा केही पनि छैन, केही गर्न सकिदैन भन्दै विदेश पलायन भइरहेको हुँदा अवको १० वर्षमा बूढाखाडाहरूको मात्र देश रहने भएको हुँदा अब योजना बनाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य मिना बुढा, नेकपा माओवादीका रङबहादुर सुनार, शितगंगा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष भिमबहादुर केसी, देउखुरी टुडे डटकमका अध्यक्ष/ प्रधान सम्पादक सन्तोष कुमार गुप्ता लगायतका वक्ताहरूले महोत्सवको सफलताका लागि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

स्थानीय कला, संस्कृतिको संरक्षण तथा सामाजिक क्षेत्रको विकासका लागि आयोजना गरिएको महोत्सवमा  १ सय बढी स्टल राखिएको छ । त्यसैगरी करिव २०-२५ लाख करोबार गर्ने लक्ष्य रहेको महोत्सवमा करिव ५० लाख दर्शकले अवलोकन गर्ने लक्ष्य रहेको मेला व्यवस्थापक हिरा हमाल र त्रिकेन्द्र जिसीले जानकारी दिएका छन् । महोत्सव अवधीभर स्थानीय तथा राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति रहने छ । स्थानीय स्तरका विभिन्न भाषाभाषीको संस्कृति झल्किने साँस्कृतिक प्रस्तुती रहने पनि आयोजकले जानकारी दिएको ।

महोत्सव स्थलमा चर्खेपिङ, झुला, बाल उद्यान राखिएको छ । भने महोत्सव अवधीभर नजिकैको राप्ती नदिमा डुङ्गाको बोटिङ पनि चलाइने छ । साथमा शितगंगा आइडल रहेकोे बताइएको छ । महोत्सव उद्घाटनका अवसरमा १५ वटा विभिन्न भाषाभाषी तथा संस्कृति झल्किने झाँकी प्रदर्शन गरिएको थियो । कार्यक्रमको सञ्चालन क्लवका सदस्य यागेश्वर गिरीले गरेका थिए ।

महोत्सव कार्तिक २ देखि १४ गते सम्म सञ्चालन हुने भएको छ ।

यसैबीच महोत्सवको दोस्रो दिन चर्चित गायक सुमन बिटी, हास्य नबिना सिलवाल( खुइली), मोडलहरू रितु गुरूङ, उदघोषक दिपक बर्मा, वर्षा पाण्डे आउने मेला व्यवस्थापक हिरा हमालले जानकारी गराएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । सहायता कक्षको सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले शुभारम्भ गरे। चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गरेर जिल्लाको सुरक्षा व्यवस्था मजबुत पारिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए। भारतबाट चाडपर्व मनाउन घर फर्किने नेपाली नागरिकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउन स्थानीय प्रशासन र सुरक्षा निकाय सक्रिय रहेको उनले बताए।नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर […]

काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बित भएका छन्। सरकारले एआईजी दाहाललाई गम्भीर सूचना चुहाएको आरोपमा निलम्बित गरेको हो। उनीमाथि छानबिन पनि सुरु गरिएको छ। एआईजी दाहालमाथि छानबिन गर्न सरकारले समिति पनि गठन गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।

विभिन्न सिर्जनशील कार्यक्रम गर्दै विश्व फार्मेसिस्ट दिवसको साताव्यापी कार्यक्रम सम्पन्न औषधिको सुरक्षित र तर्कसंगत प्रयोगबारे नागरिकमा सचेतना आवश्यक : प्रियासन दाङ, । विश्व फार्मेसिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी सङ्घ दाङ शाखाले आयोजना गरेको साताव्यापी कार्यक्रम विभिन्न सिर्जनशील, जनचेतनामूलक तथा सामाजिक गतिविधिसहित सम्पन्न भएको छ। फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित तथा प्रभावकारी प्रयोग र स्वास्थ्य […]