२० आश्विन २०८३, मंगलबार
06-10-2026 , Tue
×

रविलाई पक्राउ गर्न किन हतारो,बोलाइएका थिए बिदामा बस्न खोजेका न्यायाधीश

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, कार्तिक ०४, २०८१

 

काठमाडौं । घटस्थापनाको दिनदेखि नै बन्द रहेको कास्की जिल्ला अदालत शुक्रबार मात्रै खुलेको थियो । सात न्यायाधीश कार्यरत उक्त अदालतमा शुक्रबार कोही पनि उपस्थित थिएनन् । तर, न्यायाधीश कृष्णजंग शाहलाई अपराह्नतिर हतार–हतार अदालत बोलाइयो । कार्यालय समय सकिएपछि करिब साढे २ बजेतिर अदालत पुगेर उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न अनुमति दिए ।

स्रोतका अनुसार शुक्रबार ६ न्यायाधीश बिदामै थिए । शाह पनि बिदामा बस्न खोजेका थिए । तर, लामिछानेलाई शुक्रबारै पक्राउ गर्ने सरकारको योजनाअनुसार नै उनलाई हतारमा बोलाएर पक्राउ अनुमति लिइएको थियो । दसैँ बिदामा नेपालगन्जस्थित घरमा रहेका उनलाई जसरी पनि शुक्रबार हाजिर हुन माथिल्लो तहबाट खबर पठाइएको स्रोत बताउँछ ।

लामिछानेलाई पक्राउ पुर्जी अनुमतिका लागि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुखसहितको टोली अदालत गएका थिए । उनीहरू अदालत पुग्दा अदालतमा कोही पनि न्यायाधीश थिएनन् । लामिछानेकै मुद्दामा धेरै न्यायाधीश पन्छिन खोेजेर पनि बिदामा बसेको जिल्ला अदालतका एक कर्मचारी बताउँछन् ।

न्यायाधीश शाह साढे २ बजे कार्यालय पुगेपछि कास्कीका एसपी श्यामबाबु ओलिया र डिएसपी वसन्त शर्माले पक्राउ पुर्जी लिएका थिए । प्रहरीले अपराह्न करिब ४ बजे मात्रै पक्राउ अनुमति पाएको थियो । न्यायाधीश शाह गत १५ साउनमा अर्घाखाँचीबाट कास्की सरुवा भएका थिए । उनी कांग्रेसनिकट मानिन्छन् । नयाँ पत्रीकाबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । सहायता कक्षको सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले शुभारम्भ गरे। चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गरेर जिल्लाको सुरक्षा व्यवस्था मजबुत पारिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए। भारतबाट चाडपर्व मनाउन घर फर्किने नेपाली नागरिकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउन स्थानीय प्रशासन र सुरक्षा निकाय सक्रिय रहेको उनले बताए।नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर […]

काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बित भएका छन्। सरकारले एआईजी दाहाललाई गम्भीर सूचना चुहाएको आरोपमा निलम्बित गरेको हो। उनीमाथि छानबिन पनि सुरु गरिएको छ। एआईजी दाहालमाथि छानबिन गर्न सरकारले समिति पनि गठन गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।

विभिन्न सिर्जनशील कार्यक्रम गर्दै विश्व फार्मेसिस्ट दिवसको साताव्यापी कार्यक्रम सम्पन्न औषधिको सुरक्षित र तर्कसंगत प्रयोगबारे नागरिकमा सचेतना आवश्यक : प्रियासन दाङ, । विश्व फार्मेसिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी सङ्घ दाङ शाखाले आयोजना गरेको साताव्यापी कार्यक्रम विभिन्न सिर्जनशील, जनचेतनामूलक तथा सामाजिक गतिविधिसहित सम्पन्न भएको छ। फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित तथा प्रभावकारी प्रयोग र स्वास्थ्य […]