२० आश्विन २०८३, मंगलबार
06-10-2026 , Tue
×

सातमारामा दोस्रो बृहत साँस्कृतिक महोत्सव शनिवार दोस्रो दिन गायक सुमन र खुइलीको प्रस्तुती

Logo
बिदुर एमसी प्रकाशित आइतबार, कार्तिक ०४, २०८१

दाङ । भालुवाङ चर्चित गायक सुमन बिटी र हास्य कलाकार तथा गायिका नविना सिलवाल (खुइली)ले आफ्ना दर्जनौ प्रस्तुतीले दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन दिएका छन् ।संस्कृतिको मौलिक कला र विकृति विसंगति हटाउने मेला भन्ने मुल नाराका साथ एकता युवा क्लवको आयोजना एवम् सुपा देउराली मन्दिरको सहआयोजनामा सञ्चालित महोत्सवमा दुवै कलाकारले दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन दिएका थिए ।

पछिल्लो समय नेपाली साङ्गीतिक बजारमा हिट गीत दिने गायकका रूपमा परिचित भएका सुमन बिटीका दर्जनौँ गीतहरू निकै लोकप्रिय बनेका छन् । धादिङ जिल्ला गल्छि गाउँपालिका वडा नं.३ कल्लेरिमा माता तारा बयलकोटी र पिता सिताराम बयलकोटीको कोखबाट जन्मेका चर्चित गायक तथा सर्जक सुमन बिटी रातो डोरी सिरैमा तिमी र जाम माया” लगायत आधा दर्जन गीत गाएर दर्शकहरुलाई मनोरञ्जन दिएका थिए ।

त्यस्तै हास्यकलाकार नविना सिलवाल आम दर्शकहरुमाझ ‘खुइली’ नामले परिचित छिन् । उनको अभिनयलाई मन पराउने थुप्रै दर्शक छन् । हास्य टेलिश्रृङ्खला ‘गोलमाल’ मा पवन खतिवडा ‘म्याकुरी’ को प्रेमीकाको भूमिका खेलेर खुइली दर्शकसामु चिनिएकी हुन् । सामाजिक सञ्जालमा सक्रिय उनी पछिल्लो समय गायन क्षेत्रमा समेत लोकप्रिय बन्न पुगेकी छिन् । सातमारा महोत्सवमा स्टेज चढ्ना साथ दर्शकहरुलाई सुरुमै हसाएकी खुइलीले पछिल्लो समय आफुले गाएको लोक दोहोरी प्याटल गीत तथा दोहोरी गीतहरु गाएर दर्शकहरुलाई मनोरञ्जन दिएकी थिइन् । साथै महोत्सवमा उद्घोषक दिपक बर्मा र वर्षा पाण्डे, मोडेल तथा डान्सर रितु गुरुङ, खेमराज पाण्डे लगायत स्थानीय कलाकारहरुले आ–आफ्नो प्रस्तुती मार्फत दर्शकहरुलाई मनोरञ्जन दिएका थिए । भने सितगंगा डान्स आइडल समेत प्रस्तुत गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । सहायता कक्षको सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले शुभारम्भ गरे। चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गरेर जिल्लाको सुरक्षा व्यवस्था मजबुत पारिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए। भारतबाट चाडपर्व मनाउन घर फर्किने नेपाली नागरिकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउन स्थानीय प्रशासन र सुरक्षा निकाय सक्रिय रहेको उनले बताए।नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर […]

काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बित भएका छन्। सरकारले एआईजी दाहाललाई गम्भीर सूचना चुहाएको आरोपमा निलम्बित गरेको हो। उनीमाथि छानबिन पनि सुरु गरिएको छ। एआईजी दाहालमाथि छानबिन गर्न सरकारले समिति पनि गठन गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।

विभिन्न सिर्जनशील कार्यक्रम गर्दै विश्व फार्मेसिस्ट दिवसको साताव्यापी कार्यक्रम सम्पन्न औषधिको सुरक्षित र तर्कसंगत प्रयोगबारे नागरिकमा सचेतना आवश्यक : प्रियासन दाङ, । विश्व फार्मेसिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी सङ्घ दाङ शाखाले आयोजना गरेको साताव्यापी कार्यक्रम विभिन्न सिर्जनशील, जनचेतनामूलक तथा सामाजिक गतिविधिसहित सम्पन्न भएको छ। फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित तथा प्रभावकारी प्रयोग र स्वास्थ्य […]