२० आश्विन २०८३, मंगलबार
06-10-2026 , Tue
×

पर्सा प्रहरीले ठुलो परिमाणमा भन्सार छली गरेर ल्याउँदै गरेको हाडे बदाम अल्मन्ड पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, कार्तिक ०५, २०८१

 

पर्सा । विशेष सूचनाको आधारमा प्रहरीले वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो।

प्रहरी प्रवक्ता दीपक भारतीका अनुसार, मधेस प्रदेशको नम्बर ०३००१ ख ७६७३ रहेको ट्रक परवानीपुर चोकमा रोकिएको थियो। प्रहरीले ट्रकमा रहेको हाडे बदामको वास्तविक मूल्य ६६ लाख २४ हजार ३४ रुपैयाँ रहेको बताएको छ। उक्त ट्रकमा भन्सार छली गरी विल विजकमा उल्लेख गरिएको भन्दा बढी परिमाणमा बदाम रहेको खुलेको छ।

प्रहरीले ट्रकसहितको बदामलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। बरामद बदामसहित ट्रकलाई थप कारबाहीका लागि पथलैया राजश्व कार्यालय पठाइएको पर्सा प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । सहायता कक्षको सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले शुभारम्भ गरे। चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गरेर जिल्लाको सुरक्षा व्यवस्था मजबुत पारिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए। भारतबाट चाडपर्व मनाउन घर फर्किने नेपाली नागरिकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउन स्थानीय प्रशासन र सुरक्षा निकाय सक्रिय रहेको उनले बताए।नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर […]

काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बित भएका छन्। सरकारले एआईजी दाहाललाई गम्भीर सूचना चुहाएको आरोपमा निलम्बित गरेको हो। उनीमाथि छानबिन पनि सुरु गरिएको छ। एआईजी दाहालमाथि छानबिन गर्न सरकारले समिति पनि गठन गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।

विभिन्न सिर्जनशील कार्यक्रम गर्दै विश्व फार्मेसिस्ट दिवसको साताव्यापी कार्यक्रम सम्पन्न औषधिको सुरक्षित र तर्कसंगत प्रयोगबारे नागरिकमा सचेतना आवश्यक : प्रियासन दाङ, । विश्व फार्मेसिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी सङ्घ दाङ शाखाले आयोजना गरेको साताव्यापी कार्यक्रम विभिन्न सिर्जनशील, जनचेतनामूलक तथा सामाजिक गतिविधिसहित सम्पन्न भएको छ। फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित तथा प्रभावकारी प्रयोग र स्वास्थ्य […]