२० आश्विन २०८३, मंगलबार
06-10-2026 , Tue
×

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव ८ गते दाङको देउखुरीमा आउने

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, कार्तिक ०६, २०८१

 

दाङ । भालुवाङ नेकपा दाङको आयोजनामा हुने सर्वपक्षीय भेटघाट एवम अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्न विप्लव दाङ आउन लागेका हुन् । नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीले कार्तिक ८ गते राप्ती गाउँपालिका देउखुरी दाङको सभाहलमा आयोजना गरिएको `सङ्कटग्रस्त नेपालले खोजिरहेको निकास, नयाँ नीति र नेतृत्वका विषयमा सर्वपक्षीय भेटघाट/अन्तरक्रिया कार्यक्रमका लागि पार्टीका महासचिव दाङ आउन लाग्नुभएको बताए।

नेता सविनका अनुसार सर्वपक्षीय भेटघाट एवम अन्तरक्रिया कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुने भएकाले उपस्थितिका लागि सबै महानुभावहरुमा हार्दिक निमन्त्रणा गरिसकेको बताए । यस्तै नेकपा दाङका सचिव तिलक सीले पार्टीका महासचिव विप्लव सहभागी हुने कार्यक्रमको महत्वपूर्ण सुझाव सहितको सहभागिताका लागि सबैमा अपिल गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । सहायता कक्षको सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले शुभारम्भ गरे। चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गरेर जिल्लाको सुरक्षा व्यवस्था मजबुत पारिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए। भारतबाट चाडपर्व मनाउन घर फर्किने नेपाली नागरिकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउन स्थानीय प्रशासन र सुरक्षा निकाय सक्रिय रहेको उनले बताए।नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर […]

काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बित भएका छन्। सरकारले एआईजी दाहाललाई गम्भीर सूचना चुहाएको आरोपमा निलम्बित गरेको हो। उनीमाथि छानबिन पनि सुरु गरिएको छ। एआईजी दाहालमाथि छानबिन गर्न सरकारले समिति पनि गठन गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।

विभिन्न सिर्जनशील कार्यक्रम गर्दै विश्व फार्मेसिस्ट दिवसको साताव्यापी कार्यक्रम सम्पन्न औषधिको सुरक्षित र तर्कसंगत प्रयोगबारे नागरिकमा सचेतना आवश्यक : प्रियासन दाङ, । विश्व फार्मेसिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी सङ्घ दाङ शाखाले आयोजना गरेको साताव्यापी कार्यक्रम विभिन्न सिर्जनशील, जनचेतनामूलक तथा सामाजिक गतिविधिसहित सम्पन्न भएको छ। फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित तथा प्रभावकारी प्रयोग र स्वास्थ्य […]