२० आश्विन २०८३, मंगलबार
06-10-2026 , Tue
×

दाङको भालुवाङ राप्ती पुलबाट नदीमा हाम फालेका एक युवकको सकुशल प्रहरीद्वारा उद्बार

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, कार्तिक ०६, २०८१

 

दाङ । भालुवाङ सोमबार पाैने ४ बजेको समयमा जिल्ला धादिङ गल्छी गाउँपालिका वडा नं. ६ निवासी १६ वर्षिय दिवस श्रेष्ठले राप्ती नदीमा हाम फालेका थिए । अर्घाखाँची जिल्ला शितगंगा नगरपलिका वडा नं.८ सातमारा राप्ती नदी किनारमा लागेको मेलामा पिङ सम्बन्धी काम गर्न आएको श्रेष्ठले पुर्व- पश्चिम राजमार्गको राप्ती पुलबाट राप्ती नदिमा हाम फालेको भन्ने खबर प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको टोलीले सकुशल उद्दार गरी उपचारको लागि भालुबाङ अस्पतालमा पठाएको थियाे । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि बुटवल पठाइएकाे प्रहरीले बताएकाे छ ।

नदीमा हाम फालेका श्रेष्ठको बाँया खुट्टा भाँचिएको प्रहरीले बताएको छ । मेलामा सामान्य विवाद भएको र उनी अत्यधिक मादकपदार्थ सेवन गरेर मातेका कारण नदीमा हाम फालेको हुन सक्ने प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । सहायता कक्षको सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले शुभारम्भ गरे। चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गरेर जिल्लाको सुरक्षा व्यवस्था मजबुत पारिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए। भारतबाट चाडपर्व मनाउन घर फर्किने नेपाली नागरिकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउन स्थानीय प्रशासन र सुरक्षा निकाय सक्रिय रहेको उनले बताए।नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर […]

काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बित भएका छन्। सरकारले एआईजी दाहाललाई गम्भीर सूचना चुहाएको आरोपमा निलम्बित गरेको हो। उनीमाथि छानबिन पनि सुरु गरिएको छ। एआईजी दाहालमाथि छानबिन गर्न सरकारले समिति पनि गठन गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।

विभिन्न सिर्जनशील कार्यक्रम गर्दै विश्व फार्मेसिस्ट दिवसको साताव्यापी कार्यक्रम सम्पन्न औषधिको सुरक्षित र तर्कसंगत प्रयोगबारे नागरिकमा सचेतना आवश्यक : प्रियासन दाङ, । विश्व फार्मेसिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी सङ्घ दाङ शाखाले आयोजना गरेको साताव्यापी कार्यक्रम विभिन्न सिर्जनशील, जनचेतनामूलक तथा सामाजिक गतिविधिसहित सम्पन्न भएको छ। फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित तथा प्रभावकारी प्रयोग र स्वास्थ्य […]