२० आश्विन २०८३, मंगलबार
06-10-2026 , Tue
×

बुटवलको मठ मन्दिरहरु तोडफोड गरि दानपेटिकामा भएको रकम चोरी

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, कार्तिक ०७, २०८१

 

बुटवल । दशैँ जस्तो चाड पर्वको मौका छोपी बुटवल आसपासमा रहेका मठ मन्दिरका दानपत्रका भेटिसमेत चोरी भएका हुन् ।

बुटवल वडा नम्बर–७ हिलपार्क परिसरमा रहेको क्षेत्री समाज नेपालको दुर्गा पञ्चाङ्घ मन्दिर, मगर समाजको बाजेबजै मन्दिर, शिवनगर दुर्गा मन्दिर लगायतका मन्दिरमा रहेका दानपेटिका रकम चोरी भएको हो । यी चोरीका घटना दशैँको सेरोफेरोमा भएको थियो ।

चारी भएलगत्तै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिइएको र चोरी गर्नेहरुको खोजी कार्य भइरहेको भएपनि अझै केही पत्ता नलागेको क्षेत्री समाजका जिल्ला अध्यक्ष गुप्तबहादुर केसीले बताए ।

मन्दिरमा पटक पटक चोरी हँुदै आएको र दशैँमा यस मन्दिरमा आउने करिब २ सयजना श्रद्धालु तथा भक्तजनले चढाएको भेटी रहेपनि के कति रकम थियो भन्ने अनुमान गर्न नसकिएको सचिब मानबहादुर ढकालको भनाइ छ ।

हिलपार्क परिसरमा रहेका मन्दिरहरुमा श्रद्धालु भक्तजनले आफ्नो श्रद्धाले दान चढाउने भएकाले मन्दिरभित्र तोडफोड गरी त्यहाँ भएको रकम तथा मूर्तिहरु चोरी हुने गरेको छ । यस क्षेत्रको सुरक्षा ब्यावस्थामा कमी भएकाले चोरीका घटना बढेको हुन सक्ने क्षेत्री समाजका नगर अध्यक्ष केसीे बताउँछन् ।

चार्डपर्वका मौकामा केही घर तथा पसलहरुमा पनि चोरीका घटना भएका छन् । बिशेषगरि चाडपर्वको समयमा मठ–मन्दिरहरुमा भक्तजनले पुजाआजा गरि दान भेटी चढाइने भएकाले मन्दिरमा चोरी हुने सम्भावना भएकोले सुरक्षा बवस्थामा सरोकारवाला निकायका ध्यान दिनुपर्ने स्थानयीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । सहायता कक्षको सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले शुभारम्भ गरे। चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गरेर जिल्लाको सुरक्षा व्यवस्था मजबुत पारिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए। भारतबाट चाडपर्व मनाउन घर फर्किने नेपाली नागरिकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउन स्थानीय प्रशासन र सुरक्षा निकाय सक्रिय रहेको उनले बताए।नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर […]

काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बित भएका छन्। सरकारले एआईजी दाहाललाई गम्भीर सूचना चुहाएको आरोपमा निलम्बित गरेको हो। उनीमाथि छानबिन पनि सुरु गरिएको छ। एआईजी दाहालमाथि छानबिन गर्न सरकारले समिति पनि गठन गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।

विभिन्न सिर्जनशील कार्यक्रम गर्दै विश्व फार्मेसिस्ट दिवसको साताव्यापी कार्यक्रम सम्पन्न औषधिको सुरक्षित र तर्कसंगत प्रयोगबारे नागरिकमा सचेतना आवश्यक : प्रियासन दाङ, । विश्व फार्मेसिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी सङ्घ दाङ शाखाले आयोजना गरेको साताव्यापी कार्यक्रम विभिन्न सिर्जनशील, जनचेतनामूलक तथा सामाजिक गतिविधिसहित सम्पन्न भएको छ। फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित तथा प्रभावकारी प्रयोग र स्वास्थ्य […]