२० आश्विन २०८३, मंगलबार
06-10-2026 , Tue
×

लागूऔषध खैरो हिरोइन धुलो पदार्थ ६०० एम्पुल डाईजेपामसहित बिभिन्न स्थानबाट ५ जना पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, कार्तिक ११, २०८१

 

मकवानपुर । अस्थायी प्रहरी पोष्ट थानाभर्‍याङ मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हे.उ.म.न.पा.वडा नं. ११ नमुना टोलबाट ऐ.ऐ.बस्ने बर्ष २३ को सुजन गुरुङ र ऐ.वडा नं. १० बस्ने बर्ष ३३ को अजय गहतराजको साथबाट ४ ग्राम र ऐ.मितिमा अं १८:३० बजेको समयमा बिशेष सुचनाको आधारमा प्रहरी चौकी चौकीटोल मकवानपुरबाट खटिएको प्रहरी टोली जिल्ला मकवानपुर हे.उ.म.न.पा.वडा नं. १ चौकीटोलमा डेरा कोठा गरी बस्ने बर्ष २३ को अरुण नेपालीको डेरा कोठाबाट ७ ग्राम गरी जम्मा ११ ग्राम लागू औषध खैरोहेरोईन जस्तो देखिने धुलो पदार्थ फेला परेको र ऐ.मितिमा अं ०९:३५ बजेको समयमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. १५ पिपलबोट स्थित पुर्व पश्चिम सडक खण्डमा सवारी साधानहरु रोकी चेकजाँच गर्ने क्रममा पथलैयाबाट हेटौडातर्फ आउँदै गरेको बा ५४ प ६५९८ नम्वरको स्कुटर चालक जिल्ला ईलाम एकथापा गा.पा. वडा नं. ०६ बस्ने वर्ष ३५ को दिपेश श्रेष्ठ र स्कुटर पछाडी बस्ने जिल्ला पर्सा पोखरीया न.पा. वडा नं. ०६ बस्ने वर्ष २४ को लालबाबु पासवानले स्कुटरमा फल्स बटम बनाई लुकाई छिपाई राखी ल्याइएको अवस्थामा लागूऔषध फेनार्गन २०० एम्पुल, नुफिन २०० एम्पुल र डाईजेपाम २०० एम्पुल गरी ६०० एम्पुल डाईजेपाम फेला परेको हुदाँ उक्त लागूऔषध सहित निजहरु सुजन गुरुङ, अजय गहतराज,अरुण नेपाली,दिपेश श्रेष्ठ र लालबाबु पासवानलाई सम्मानित मकवानपुर जिल्ला अदालत हेटौडाबाट लागू औषध मुद्धा कसुरमा ५ दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । सहायता कक्षको सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले शुभारम्भ गरे। चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गरेर जिल्लाको सुरक्षा व्यवस्था मजबुत पारिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए। भारतबाट चाडपर्व मनाउन घर फर्किने नेपाली नागरिकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउन स्थानीय प्रशासन र सुरक्षा निकाय सक्रिय रहेको उनले बताए।नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर […]

काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बित भएका छन्। सरकारले एआईजी दाहाललाई गम्भीर सूचना चुहाएको आरोपमा निलम्बित गरेको हो। उनीमाथि छानबिन पनि सुरु गरिएको छ। एआईजी दाहालमाथि छानबिन गर्न सरकारले समिति पनि गठन गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।

विभिन्न सिर्जनशील कार्यक्रम गर्दै विश्व फार्मेसिस्ट दिवसको साताव्यापी कार्यक्रम सम्पन्न औषधिको सुरक्षित र तर्कसंगत प्रयोगबारे नागरिकमा सचेतना आवश्यक : प्रियासन दाङ, । विश्व फार्मेसिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी सङ्घ दाङ शाखाले आयोजना गरेको साताव्यापी कार्यक्रम विभिन्न सिर्जनशील, जनचेतनामूलक तथा सामाजिक गतिविधिसहित सम्पन्न भएको छ। फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित तथा प्रभावकारी प्रयोग र स्वास्थ्य […]