१९ माघ २०८२, सोमबार
02-02-2026 , Mon
×

भुटानलाई हराउँदै बंगलादेश फाइनलमा

Logo
प्रकाशित शनिबार, आश्विन ११, २०७६

काठमाडौं । बंगलादेश नेपालमा जारी तेस्रो संस्करणको साफ यू-१८ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको पहिलो सेमिफाइनलमा भुटानलाई ४-० गोल अन्तरले हराउँदै बंगलादेश उपाधि नजिक पुगेको हो ।

हल्चोकस्थित शसस्त्र प्रहरी बल एपीएफको मैदानमा बंगलादेशलाई जित दिलाउन तन्बिन हुसेन, फोसल अहमेद फाहिम,मिराज हुसेन र दिपक रोयले एक एक गोल गरे ।

भुटानविरुद्ध पहिलो हाफमा ३ गोल गरेको बंगलादेशले दोस्रो हाफमा थप १ गोल गरेको थियो ।

बंगलादेश पहिलो पटक यस प्रतियोगिताको फाइनलमा पुगेको हो । पहिलो पटक सेमिफाइनल पुगेको भुटान भने फाइनल पुग्न असफल रह्यो ।

अब बंगलादेशले उपाधिका लागि भारत र माल्दिभ्सबीचको विजेतासँग खेल्नेछ । भारत र बंगलादेशबीचको दोस्रो सेमिफाइनल खेल आजै दिउँसो हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

गाजामा १६ लाख मानिस गम्भीर खाद्य अभाव र कुपोषणको उच्च जोखिममा संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब १६ लाख मानिस गम्भीर खाद्य अभाव र कुपोषणको उच्च जोखिममा रहेको चेतावनी दिनुभएको छ । उहाँले शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै बताउनुभयो,“ हालको परिस्थितिमा अकाल केही हदसम्म टालिएको छ र धेरै मानिसहरूले जीवित रहन आवश्यक खाना प्राप्त […]

गाजा । हमासको नागरिक रक्षा एजेन्सीका अनुसार इजरायली गोलीबारीबाट ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । इजरायलले घटना अझै अनुसन्धानमै रहेको बताएको छ । इजरायली सेना (आईडीएफ) ले गाजावासीहरू सहायता ट्रकहरू वरिपरि भेला भएपछि चेतावनी दिदै गोली चलाएको बताएको छ । गाजाको अल-शिफा अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले घटनापछि आफ्नो अस्पतालमा ३५ जनाको शव […]

इजरायलले गाजामा फेरि आक्रमण गर्‍यो काठमाडौं । इजरायली रक्षा बलका अनुसार वायुसेनाले गाजामा रहेको हमासको अड्डाहरूमा हवाई आक्रमण गरेको हो। यी आक्रमणहरूमा हालसम्म २३२ जनाको मृत्यु भइसकेको छ। ३०० भन्दा बढी घाइते भएका छन्। जनवरी १९ मा इजरायल-हमास युद्धविराम सुरु भएयता गाजामा इजरायलको यो सबैभन्दा ठूलो आक्रमण हो। इजरायली सेनाले आक्रमणको योजना बनाइरहेका आतंककारीहरूलाई लक्षित […]

error: Content is protected !!