०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
×

बराह ग्रुपको रजत महोत्सवको तयारी पुरा, महोत्सव असोज १३ मा

Logo
प्रकाशित आइतबार, आश्विन १२, २०७६

असोज १२, धरान । बराह ग्रुप को २५ औ बर्ष रजत महोत्सवको तयारी पुरा भएको छ ।

आगामी असोज १३ गते हुने रजत महोत्सवको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै बराह ग्रुपका अध्यक्ष शिव कुमार लामिछानेले बराह ग्रुपले २५ बर्ष पुगे सङ्गै बराहले दुई वटा संस्कार पार गरिसकेको बताउनु भयो । “नुन देखी सुन सम्म” र ” हामी सबैको बराह आर्थिक उन्नतिको साहारा” यो नारा धराने जनतामा मात्र होइन धरान देखी युकेसम्म नै आम जनमानस र हरेकको जिब्रोमा झुण्डिएको नारा हो । यो नारा हो आज भन्दा २४ बर्ष पहिले स्थापना भएको बराह ज्वेलरीको ।

२०५२ साल म सामान्य सुन पसलबाट सुनचादीका पत्थर जडित गरगहना परम्परागत तथा साँस्कृतिक गरगहनाहरुको बजारलाई स्वदेश तथा बिदेशसम्म पुर्याउने उद्देश्य सहित शुभरम्भ भएको बराह अहिले भने बिभिन्न २४ वटा कम्पनी यस बराह ग्रुप अन्तर्गत रहेका छन । यही २५ बर्ष पुगेको अवसरमा अब औपचारिक रुपमा बराह ग्रुपको घोषणा गर्ने तयारी रहेको ग्रुपका अध्यक्ष शिव कुमार लामिछाने बिकले जानकारी दिनु भयो । बिगतका बर्षहरुमा भन्दा यो बर्ष अलिक फरक तरिकाले २५ औ रजत जयन्ती मनाउने तयारीमा रहेको बराह ग्रुपले यो बर्ष यस ग्रुपका पारीकल्पनाकार तथा संस्थापक ईन्द्रकुमार लामिछानेको जन्म जयन्तीको अवसर पारेर असोज १३ गरे सोमबार रजत जयन्ती मनाउने तयारी गरेको छ । बिगतका बर्षहरुमा जस्तै यो बर्ष पनि बिभिन्न कार्यक्रम गर्ने भएपनी यो बर्ष भने रक्दान कार्यक्रमलाई संख्यात्मक रुपमा रगत संकलन गर्ने भन्दा प्रोत्साहनको रुपमा आयोजना गर्ने बताइएको छ ।

रजत जयन्तीको लागि ११ वटा कार्यक्रमको तयारी गरिएको छ । जहाँ, बिहान यू बजे देखी रक्तदान, ईन्द्र बराह सङग्रालय द्वारा परम्परागत र आधुनिक गहना प्रदर्सन, ज्वेलरी प्रदर्सनी स्टल कृषि पारीकार एवम प्रदर्शनी, फेमिली किचन स्टल,  परम्परागत तथा आधुनिक गहना निर्माणको प्रत्यक्ष अवलोकन, संस्थापक अध्यक्ष स्व ईन्द्र कुमार लामिछनेको स्‍मृतिमा प्रकाशित पुस्तक विमोचन र बिभिन्न मनोरन्जनात्मक साँस्कृतिक कार्यक्रम आयोजना हुने प्रदेश १ प्रमुख मान बहादुर विश्वकर्माले बताउनु भयो । बराह ग्रुपको नियमित १७,२०४ जना ग्राहक मध्य एक जना भाग्यशाली ग्राहकले उक्त रजत महोत्सव कै दिन VESPA SCOOTY प्राप्त गर्ने साथै ३ जना संचारकर्मीहरुलाई ईन्द्र बराह स्‍मृति सम्मान तथा प्रोत्साहन पुरस्कार समेत प्रदान गरिने रजत महोत्सव कार्यक्रमका संयोजक सरोज लामिछनेले जानकारी दिनु भयो । असोज १३ गते धरान ८ स्थित धरान सभागृहमा आयोजना हुने कार्यक्रममा चर्चित कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ भने, नेपाल आइडलको होस्ट तथा चर्चित मोडल रिमा विश्वाकर्माले कार्यक्रम सन्चालन गर्ने बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही पछिल्लो समय दाङ जिल्ला र आसपासका बजारमा *नक्कली नोट चलाउने गिरोह सक्रिय भएको दाङ प्रहरीले बताएको छ। घोराही, तुलसीपुर, लमहीका पसल, होटल र बजारमा सानो-सानो किनमेलमा ५०० र १००० को नक्कली नोट खपाउने प्रयास बढेको छ। नक्कली नोटको कागज पातलो,वाटरमार्क र सेक्युरिटी थ्रेड नहुने, नम्बर एकैखाले दोहोरिएको पाइएको पनि छ । दाङ […]

दाङ । साहित्यलाई समाजको दर्पण भनिन्छ। यसले समाजका सुख–दुःख, आशा–निराशा, संघर्ष, परिवर्तन र सम्भावनालाई शब्दमा उतार्ने काम गर्छ। कुनै पनि युगको साहित्य पढ्दा त्यस समयको सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक अवस्थाको चित्र सहजै देख्न सकिन्छ। त्यसैले साहित्य केवल मनोरञ्जनको माध्यम मात्र होइन, चेतना, विचार र परिवर्तनको शक्तिशाली साधन पनि हो। वर्तमान नेपाली साहित्यमा धेरैजसो कृतिहरू […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले असार महिनामा अपराध अनुसन्धान, लागूऔषध नियन्त्रण, राजस्व चुहावट रोकथाम, ट्राफिक व्यवस्थापन तथा सामुदायिक प्रहरी साझेदारीका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ। नेपाल प्रहरी प्रधान कार्यालयको कार्यसम्पादन रिपोर्ट कार्डमा आफ्नो समूहमा पहिलो स्थान हासिल गरेको बाँके प्रहरीले सार्वजनिक गरेको मासिक प्रगति विवरणले पनि सक्रिय प्रहरी कार्यशैली देखाएको छ। जिल्ला […]

error: Content is protected !!