२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

रौतहटमा अज्ञात समूहद्वारा गोली प्रहार विद्यालयका प्रधानाध्यापक प्रेम लामा घाइते

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, कार्तिक २६, २०८१

रौतहट । चन्द्रपुर नगरपालिका वडा नम्बर १ स्थित मकवानपुरको सीमामा अज्ञात समूहद्वारा गोली प्रहार भएको छ। यस घटनामा मकवानपुरको हात्ती सुने माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम लामा घाइते भएका छन्।

जानकारीअनुसार, चन्द्रपुर नगरपालिकाको क्षेत्रमा पर्ने जोगी खोलाको मुहान नजिक रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १ बाट मकवानपुरको राईगाउँ जाने सडकमा प्रधानाध्यापक लामामाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो। गोलीले उनको दाहिने गालामा चोट लागेको र थप उपचारका लागि उनलाई वीरगञ्ज पठाइएको स्थानीय बासिन्दा समिर बाबु कार्कीले बताएका छन्।

घटनास्थलमा अहिले अनुसन्धानका लागि पौराही प्रहरी चौकीका सहायक निरीक्षक कुन्दन सिंहको नेतृत्वमा प्रहरी टोली खटाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!