१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
×

स्रोत नखुलेको नगद १९ लाख रूपैयाँ सहित जनकपुरबाट ३ जना पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, कार्तिक २८, २०८१

 

जनकपुर । उपमहानगरपालिका १२ कुवारामपुर बजारबाट उनीहरुलाई मंगलबार दिउँसो स्रोत नखुलेको नगद १९ लाख रूपैयाँ सहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भारत बिहार राज्य मधुबनी चाना हरलाखी ग्राम पञ्चायत हरलाखी–८ बस्ने २६ वर्षीय विष्णु देव यादव, धनुषा जनकपुर उपमहानगरपालिका–४ बस्ने २८ वर्षीय रमेश साह, धनौजी गाउँपालिका–७ भररिया टोल बस्ने २० वर्षीय रवि पासवान रहेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज.१२ प ६४३ नम्बरको मोटरसाइकलमा सवार विष्णु देवलाई उक्त नगद सहित पक्राउ गरी थप अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न रमेश र रविलाई समेत पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  नवलपरासी । मृत्यु हुनेमध्ये जाजरकोटका भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँचजनाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको पहिचान खुलेको छ । नवलपरासी पूर्वमा बस दुर्घटना भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको […]

कपिलवस्तुको सुठौली नाकाबाट चेकजाँच बिनै बुलेट ट्रक भारत कसरी पुगेको आरोप कपिलवस्तु । भन्सार र सुरक्षा निकायको भूमिकामाथि प्रश्न, खुनुवा नाकामा पुगेपछि ठूलो परिमाणमा सामान बरामद, नेपालमा फ्लाई एश अनलोड गरी भारततर्फ जाँदै गरेका दुई भारतीय मालवाहक बुलेट ट्रकबाट खुनुवा नाकामा ठूलो परिमाणमा फर्सीको बीउ र बोक्रासहितको अखरोट बरामद भएपछि नेपालतर्फको सुठौली भन्सार नाका र […]

  काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबाट जिल्ला प्रहरी परिसर काठमाडौंको निरीक्षण तथा अनुगमन गर्नुभएको छ। उहाँले आसन्न चाडपर्व लक्षित विशेष सुरक्षा योजना एवं प्रहरी परिचालन बारे जानकारी लिई कार्यान्वयनको प्रभावकारिता अभिवृद्धिका लागि आवश्यक निर्देशन दिनुभएको छ।