१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
×

नुवाकोटको ककनीमा ‘सासु बुहारी घरझगडा’ तातोपानी खन्याएको आरोपमा ४ जना पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, कार्तिक २८, २०८१

 

नुवाकोट । सासु बुहारीको घर झगडामा सासुले बुहारीलाई तातोपानी खन्याएको आरोप लागेको छ। घटना नुवाकोट ककनी गाउँपालिका वडा नम्बर ३ को हो । चाउथेमा महिलामाथि तातोपानी खन्याएको आरोपमा प्रहरीले महिलाका सासु र श्रीमानलाई पक्राउ गरेको छ।

अहिले श्रीमान सिजन बजगाईं र उनकी आमा सीता बजगाई प्रहरी हिरासतमा छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ। सिजनकी श्रीमती कल्पना अधिकारी बजगाईमाथि तातोपानी खन्याएर अमानविय ब्यवहार गरेको आरोप लागेको छ।

आरोपित परिवारका अन्य सदस्य ससुरा रामहरि बजगाई र देउरानी फरार छिन् । उनीहरु चारै जना विरुद्ध जिल्ला प्रहरी कार्यालय नुवाकोटले अनुसन्धान अघि बढाएको छ। प्रहरीका अनुसार १५ कात्तिकमा चारै जनाको मिलेमतोमा कल्पनामाथि तातोपानी खन्याएको भन्दै उजुरी परेको छ ।

घट्ना लगत्तै पीडित बुहारी कल्पनाले प्रहरीमा जाहेरी दिएकी छिन् । सोही जाहेरीका आधारमा श्रीमान र सासु पक्राउ परेको र ससुरा र देउरानीको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी तिलक भारतीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  नवलपरासी । मृत्यु हुनेमध्ये जाजरकोटका भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँचजनाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको पहिचान खुलेको छ । नवलपरासी पूर्वमा बस दुर्घटना भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको […]

कपिलवस्तुको सुठौली नाकाबाट चेकजाँच बिनै बुलेट ट्रक भारत कसरी पुगेको आरोप कपिलवस्तु । भन्सार र सुरक्षा निकायको भूमिकामाथि प्रश्न, खुनुवा नाकामा पुगेपछि ठूलो परिमाणमा सामान बरामद, नेपालमा फ्लाई एश अनलोड गरी भारततर्फ जाँदै गरेका दुई भारतीय मालवाहक बुलेट ट्रकबाट खुनुवा नाकामा ठूलो परिमाणमा फर्सीको बीउ र बोक्रासहितको अखरोट बरामद भएपछि नेपालतर्फको सुठौली भन्सार नाका र […]

  काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबाट जिल्ला प्रहरी परिसर काठमाडौंको निरीक्षण तथा अनुगमन गर्नुभएको छ। उहाँले आसन्न चाडपर्व लक्षित विशेष सुरक्षा योजना एवं प्रहरी परिचालन बारे जानकारी लिई कार्यान्वयनको प्रभावकारिता अभिवृद्धिका लागि आवश्यक निर्देशन दिनुभएको छ।