१० माघ २०८२, शनिबार
24-01-2026 , Sat
×

चेकजाँचमा परेका चालकहरुलाई दाङ प्रहरीले सम्मान गर्‍यो

Logo
प्रकाशित आइतबार, आश्विन १२, २०७६

  • सागर थापा

असोज १२,दाङ । जिल्ला प्रहरी कार्यालय दाङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सवारी दुर्घटना न्यूनीकरणमा सघाएका चालक र सहचालकहरुलाई सम्मान गरेको छ ।

घोराही उपपालिका वडा नम्बर १४ नयाँ बसपार्क घोराहीमा भएको कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाल र दाङ प्रहरी प्रमुख एसपी जनक भट्टराईले सवारी चालकहरुलाई दोसल्लाह अविर र माला लगाइदिएर सम्मान गरेका हुन् ।

सम्मानित भएका चालकहरुले खुसी व्यक्त गरेका छन् ।‘प्रहरीको चेकिङमा प्राय कारबाहीमा पर्थ्यौं, आज प्रहरीकै हातबाट अविर माला लगाउन पाइयो अटो चालक एवंम ५. नम्बर प्रदेश अटो रिक्सा संघकि सह सचिव लक्ष्मी रानाले यो हामीहरुलाई जिम्मेवार बनाउन गरिएको संमान कार्य हो बताए । प्रमुख जिल्ला अधिकारी र प्रहरीप्रति आभार प्रकट गरे ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रेम प्रसाद रेग्मीले सवारी दुर्घटना न्युनीकरणका लागि चालक, सहचालक, यात्रुहरु र समुदायको भूमिका कस्तो हुनुपर्दछ भनि जनचेतनामुलक अनुशिक्षण प्रदान गरेका थिए । कार्यक्रममा दुर्घटना न्युनीकरण सम्बन्धी प्रचार प्रसार सामग्री वितरण पनि गरिएको दाङ जिल्ला ट्राफिक प्रबक्ता उत्तम जिसीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कैलाली । पश्चिम नेपालबाट आज अपराह्नदेखि वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थले सुदूरपश्चिम प्रदेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको पनि जानकारी दिए । विभागबाट प्राप्त विवरणअनुसार […]

काठमाडौँ । नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी जनशक्तिको बढुवा तथा पदस्थापन प्रक्रिया अघि बढाएको छ। जनपद प्रहरी समूह अन्तर्गतका प्रहरी सहायक हवल्दारहरूको पदोन्नति र जिम्मेवारी तोकिएको हो। प्रहरी उपरीक्षकको निर्णयअनुसार जनपद प्रहरी समूहतर्फ कार्यरत एक हजार ३२ जना प्रहरी सहायक हवल्दारलाई बढुवा गर्दै विभिन्न स्थानमा पदस्थापन गरिएको जनाइएको छ। बढुवा तथा पदस्थापनसँगै सम्बन्धित कर्मचारीहरूलाई नयाँ जिम्मेवारीसहित […]

काठमाडौं । राष्ट्रपति र प्रधानमन्त्री उपस्थित समारोहमा आईजी अर्यालले भने, ‘आन्तरिक सुरक्षामा परिचालन नीतिको स्पष्ट व्यवस्था हुन आवश्यक छ ।’ परिचालन नीतिमा स्पष्टता नहुँदा हुलदङ्गा नियन्त्रणमा सशस्त्र र नेपाल प्रहरीको बिचमा ‘विवाद’ हुँदै आएको छ । सशस्त्रले प्रस्ताव गरेको नयाँ परिचालन नीति गृह मन्त्रालयमा विचाराधीन छ । २०५७ मा स्थापना भएको सशस्त्र प्रहरीले सशस्त्र विद्रोह, […]

error: Content is protected !!