१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
×

परराष्ट्रमन्त्री आरजु राणा देउवाको फुलमाला सहित स्वागत गर्न कार्यकर्तालाई निर्देशन सदस्यहरुद्वारा असन्तुष्टि

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, कार्तिक ३०, २०८१

 

डडेलधुरा । जिल्ला सभापति भीमबहादुर साउदले सूचना जारी गर्दै शुक्रबार अपराह्न डडेल्धुरा बसर्पाकमा फूलमालासहित उपस्थित भई राणालाई भव्य स्वागत गर्न भनेका हुन्।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी राणा भोलि श्रीमान शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा जाने कार्यक्रम छ। त्यसकारण जिल्ला पार्टी उनको स्वागतमा कस्सिएर लागेको हो।

स्वागतको तयारीबारे जानकारी दिँदै साउदले भनेका छन्, ‘…महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, जिल्लाका पदाधिकारी तथा सदस्यहरु, पालिका कार्यसमिति, वडा कार्यसमिति, क्रियाशिल सदस्यहरु र आस्थावान महानुभावहरुमा डडेल्धुरा बसपार्कमा फूलमालासहित उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।’

मन्त्रीको स्वागतमा फूलमालासहित उपस्थित हुन जिल्ला सभापतिले सूचना निकालेकोप्रति केही पालिका सदस्यहरुले भने असन्तुष्टि जनाएका छन्। गन्यापधुरा गाउँपालिकाका एक सदस्य भन्छन्, ‘फूलमाला त आफ्नो इच्छाले लगाइदिने पो हो त। जसरी पनि ल्याउनुपर्छ भन्दा शोभनीय देखिएन। अरु जान्छन् होला, म त जादिनँ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  नवलपरासी । मृत्यु हुनेमध्ये जाजरकोटका भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँचजनाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको पहिचान खुलेको छ । नवलपरासी पूर्वमा बस दुर्घटना भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको […]

कपिलवस्तुको सुठौली नाकाबाट चेकजाँच बिनै बुलेट ट्रक भारत कसरी पुगेको आरोप कपिलवस्तु । भन्सार र सुरक्षा निकायको भूमिकामाथि प्रश्न, खुनुवा नाकामा पुगेपछि ठूलो परिमाणमा सामान बरामद, नेपालमा फ्लाई एश अनलोड गरी भारततर्फ जाँदै गरेका दुई भारतीय मालवाहक बुलेट ट्रकबाट खुनुवा नाकामा ठूलो परिमाणमा फर्सीको बीउ र बोक्रासहितको अखरोट बरामद भएपछि नेपालतर्फको सुठौली भन्सार नाका र […]

  काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबाट जिल्ला प्रहरी परिसर काठमाडौंको निरीक्षण तथा अनुगमन गर्नुभएको छ। उहाँले आसन्न चाडपर्व लक्षित विशेष सुरक्षा योजना एवं प्रहरी परिचालन बारे जानकारी लिई कार्यान्वयनको प्रभावकारिता अभिवृद्धिका लागि आवश्यक निर्देशन दिनुभएको छ।