१६ कार्तिक २०८३, आइतबार
01-11-2026 , Sun
×

मेस्सीविनै बार्सिलोनाको सहज जित

Logo
प्रकाशित आइतबार, आश्विन १२, २०७६

असोज १२, काठमाडौं । साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगामा १० खेलाडीमा समेटिएर पनि सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई २–० गोलले हरायो ।

टोलीका कप्तान लियोनल मेस्सी र युवा स्टार अन्सु फातीविनै खेलेको बार्सिलोनाको जितमा लुईस स्वारेज र जुनियर फिर्पोले गोल गरेका थिए । मेस्सी र फातीलाई चोटका कारण टोलीमा समावेश नगरिएको हो । ४१औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई अगाडी बढाए । ४९औं मिनेटमा फिर्पोले गोलगर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाएका थिए ।

८२औं मिनेटमा क्लेमेन्ट लेङ्लेटले दोहोरो पहेंलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो । तरपनि गेटाफेले गोल गर्न नसक्दा बार्सिलोना सजिलै विजयी भयो । जितसँगै बार्सिलोनाले सात खेलबाट १३ अंक जोडेको छ । बार्सिलोना चौथो स्थानमा छ । सात अंक बनाएको गेटाफे ११औं स्थानमा छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट अवैध रूपमा भित्र्याइएका एक लाख रुपैयाँभन्दा बढी मूल्यका पटाका बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज नजिकैको एक्लैनी क्षेत्रबाट जाँचका क्रममा ती पटाकाहरू बरामद गरिएका हुन्। तिहारलाई लक्षित गरी भारतबाट लुकिछिपी ल्याइएका पटाका बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएका पटाकाहरू आवश्यक कारबाहीका लागि […]

  काठमाडौं । सडक बोर्ड नेपालको असोज १२ को निर्णय र २०८२ चैत २६ को राजपत्रमा प्रकाशित सूचना अनुसार शुल्क लिन थालिएको हो। अब सुरुङमार्ग २४ घण्टा सञ्चालनमा रहनेछ र शुल्क नगद वा QR बाट तिर्न सकिनेछ। *कुन सवारीलाई कति शुल्क?* दिशा अनुसार फरक शुल्क तोकिएको छ। सवारीको वर्ग काठमाडौं प्रवेश गर्दा काठमाडौंबाट बाहिरिँदा **कार, […]

  घोराही उपमहानगरपालिका–१६ स्थित उत्प्रेरित टोलमा आइतबार बिहान सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। टोल विकास संस्थाको अगुवाइमा आयोजित सरसफाइ कार्यक्रममा स्थानीयवासीहरूको सक्रिय सहभागिता रहेको थियो। टोल विकास संस्थाका अध्यक्ष रेशम केसीको नेतृत्वमा सम्पन्न कार्यक्रममा टोलका विभिन्न स्थान, सडक, गल्ली तथा सार्वजनिक क्षेत्रको सरसफाइ गरिएको थियो। टोललाई स्वच्छ, सफा, सुन्दर र व्यवस्थित बनाउने उद्देश्यले कार्यक्रम आयोजना […]