२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

जिल्ला प्रहरी कार्यालय दाङको आयोजनामा प्रहरी परिवार पुनर्मिलन कार्यक्रम सम्पन्न

Logo
सागर थापा प्रकाशित शनिबार, मंसिर ०१, २०८१

 

दाङ । पूर्व प्रहरी कर्मचारी, सहिद तथा अशक्त प्रहरीका परिवारजन र प्रहरी कर्मचारी विच पारस्पारिक सहयोग, भाइचारा, सदभाव र आत्मियता कायम राख्ने उद्देश्य अनुरुप नेपाल प्रहरी श्रीमती संघको सहकार्य,जिल्ला प्रहरी कार्यालय दाङको समन्वय र नेपाल पूर्व प्रहरी कर्मचारी दाङको आयोजनामा आयोजित प्रहरी परिवार पुनर्मिलन कार्यक्रम मिति २०८१।०८।०१ गते दाङ जिल्लाको पवित्र धार्मिक स्थल पाण्डेश्वरी मन्दिर धारापानिमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको अध्यक्षता नेपाल पूर्व प्रहरी संगठन दाङका अध्यक्ष पूर्व प्र.ना.उ.रोवर बहादुर बस्नेत ज्यूले गर्नु भएको थियो, भने उक्त कार्यक्रमका प्रमुख अथिती नेपाल प्रहरी श्रीमती संघ केन्द्रीय अध्यक्ष श्रीमती लक्ष्मी कुँवर ज्यूले गर्नु भएको थियो । कार्यक्रममा बिशिष्ट अतिथीको रुपमा दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री कृष्णप्रसाद लम्साल , लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुख प्र.ना.म.नि.श्री कुवेर कडायत,नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेश अध्यक्ष श्रीमती निलम कडायत ज्यू र अन्य अतिथीमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्र.ब.उ.माधव श्रेष्ठ,नेपाल प्रहरी श्रीमती संघका कार्य समिति सदस्यहरू,नेपाल पूर्व प्रहरी संगठन दाङका पदाधिकारी तथा सदस्यहरू, अमर प्रहरी परिवारजन,जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत सि.प्र.अ.लगाएत अन्य प्रहरी कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख अर्जुन प्रसाद तिमिल्सिना ज्यूले कार्यक्रमका प्रमुख अतिथि लगाएत अन्य अतिथिहरुको स्वागत गर्दै शुभकामना मन्तव्य राख्नु भएको थियो । मन्तव्यको क्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्र.ना.म.नि श्री कुबेर कडायत ज्यूले पूर्व प्रहरी कर्मचारी, नेपाल प्रहरी संगठनका जग हुन ,जस्तो की एउटा भवनको पिल्लरमा हात्तिपाईलाको भुमिका हुन्छ त्यस्तै प्रहरी संगठनमा हात्तिपाईलाको भुमिका निर्वाह गरेका हुन्छन । हामि वाहालमा रहेका प्रहरी कर्मचारीले भोलि म पनि अवकास हुनुपर्छ भनि सोच राखी पूर्व प्रहरी कर्मचारी प्रति सोहि अनुरुप व्यवहार गर्नु पर्छ ।पूर्व प्रहरी कर्मचारी तथा अमर प्रहरी कर्मचारीका परिवारलाई आफ्नै परिवार सम्झि मर्दा-पर्दा दुख- सुखमा निजको घरसम्म एकपटक पुग्ने प्रयास गर्नु पर्छ । पूर्व प्रहरी कर्मचारीलाई आफ्नै परिवारको सदस्य सम्झि प्रथामिकतामा राखी छोटो समयको भेटघाट (२ मिनेट )भए पनि उहाँहरु सँग छलफल र कुराकानी गरी राय सुझाव लिई सूचनाको स्रोतको रुपमा प्रयोग गर्नु पर्छ भन्ने भनाई राख्दै उपस्थित प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको थियो । यस्ता प्रहरी पारिवारीक पुर्नमिलन कार्यक्रले पूर्व प्रहरी कर्मचारी र प्रहरी कर्मचारीहरू बिच आपसी सदभाव र आत्मियता समेत बढ्ने हुँदा यस्ता किसिमका कार्यक्रमलाई निरन्तरता दिनु पर्छ भन्ने भनाई समेत राख्नु भएको थियो । उक्त कार्यक्रमको अध्यक्षता ग्रहण गर्नु भएका नेपाल पूर्व प्रहरी संगठन दाङका अध्यक्ष रोवर बस्नेत ज्यूले सेवा नै धर्म हो भन्ने भावना अनुरुप हामि सदैव पूर्व प्रहरी कर्मचारी र वहालवाला कर्मचारी एक हौ, एकता नै बल हो आगामी दिनमा समेत पूर्व प्रहरी कर्मचारी र प्रहरी कर्मचारी विचको सहयोग,सदभाव र आत्मियता बाट अगाडि बढ्न यस्ता कार्यक्रमबाट प्रेरणा मिल्ने छ भन्ने भनाई सहित कार्यक्रमको समापन गर्नु भएको थियो ।
साथै उक्त कार्यक्रम उपस्थित सम्पूर्ण माहानुभावहरूले संगितिक मनोरञ्जन सहित दिवा भोजमा सामेल भई प्रहरी परिवार पुनर्मिलन कार्यक्रम समापन भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]