१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
×

चोरीको सुनका गरगहना बेच्ने र किन्ने पसल साहुसहित २ जना पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, मंसिर ०२, २०८१

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले कात्तिक ७ गते हेटौँडा उपमहानगरपालिका वडा नं. ८ कमाने बस्ने वर्ष ४२ को सन्तोष अधिकारीको घरबाट सुनका गरगहना, नगद तथा मोबाईल समेत चोरी भएको घटनामा संलग्न व्यक्तिको खोजतलासको गर्ने क्रममा दुईजनालाई पक्राउ गरिएको शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

हेटौँडा– १५ घर भई वडा नं. ४ भैरवरोडस्थितमा कोठा भाडा लिई बस्ने वर्ष २४ को मनोज पुलामी मगरलाई पक्राउ गरिएको मकवानपुर प्रहरीका प्रमुख एसपी विश्वराज खड्काले बताए ।

मनोजलाई फेला पारी चोरी भएको घटना सम्बन्धमा सोधपुछ गर्दा चोरीका गरगहना नगद र मोबाईलमध्ये केहि सुनका गरगहना हेटौँडा– ७ नागस्वतीस्थित शिवशक्ति सुनचाँदी पसलका संचालक वर्ष २५ को धिरज विश्वकर्मालाई पनि पक्राउ गरिएको एसपी खड्काले बताए ।

चोरी भएका सुनका गरगहना मनोजले धिरजलाई बिक्री गरेको अनुसनधानबाट खुलेको छ । सुनका गरगहनासहितका सामान चोरी गर्ने मनोज र खरिद गर्ने धिरतलाई कात्तिक २९ गते पक्राउ गरी मकवानपुर जिल्ला अदालत हेटौँडामा पेश गरिएको छ । अदालतबाट उनीहरूविरुद्ध ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  नवलपरासी । मृत्यु हुनेमध्ये जाजरकोटका भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँचजनाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको पहिचान खुलेको छ । नवलपरासी पूर्वमा बस दुर्घटना भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको […]

कपिलवस्तुको सुठौली नाकाबाट चेकजाँच बिनै बुलेट ट्रक भारत कसरी पुगेको आरोप कपिलवस्तु । भन्सार र सुरक्षा निकायको भूमिकामाथि प्रश्न, खुनुवा नाकामा पुगेपछि ठूलो परिमाणमा सामान बरामद, नेपालमा फ्लाई एश अनलोड गरी भारततर्फ जाँदै गरेका दुई भारतीय मालवाहक बुलेट ट्रकबाट खुनुवा नाकामा ठूलो परिमाणमा फर्सीको बीउ र बोक्रासहितको अखरोट बरामद भएपछि नेपालतर्फको सुठौली भन्सार नाका र […]

  काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबाट जिल्ला प्रहरी परिसर काठमाडौंको निरीक्षण तथा अनुगमन गर्नुभएको छ। उहाँले आसन्न चाडपर्व लक्षित विशेष सुरक्षा योजना एवं प्रहरी परिचालन बारे जानकारी लिई कार्यान्वयनको प्रभावकारिता अभिवृद्धिका लागि आवश्यक निर्देशन दिनुभएको छ।