१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
×

एआईजी किरण बज्राचार्यद्वारा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय निरीक्षण तथा निर्देशन

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, मंसिर ०२, २०८१

 

काठमाण्डौ । उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा आइतवार काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।
प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको विभिन्न शाखाहरुको निरीक्षण गर्नुका साथै ट्राफिक प्रहरीले डिउटी तथा सेवा प्रवाह गर्दा वोली, वचन र व्यवहारमा बढी गुनासो आउने गरेको हुदा “मुस्कान सहितको प्रहरी सेवा” व्यवहारमा अवलम्वन गर्न निर्देशन दिनुभयो ।
सोही क्रममा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ तथा सो मातहतमा कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरुलाई सम्वोधन गर्दै काठमाण्डौ उपत्यकामा खटिने ट्राफिक प्रहरी प्रति हरेक निकायको ध्यान पुग्ने हुदा मानव अधिकारको प्रत्याभूति दिलाउदै उपत्यकामा सेवा प्रवाह गर्ने अवसरको पूर्ण व्यवसायिक निष्ठाका साथ जिम्मेवारी निर्वाह गर्दै कानून प्रति वफादार रही निर्धक्क भएर उच्च मनोवलका साथ विवेकपूर्ण रुपले कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । नेपाल प्रहरी संगठनलाई चलायमान गराउन हरेक प्रहरी इकाईका कार्यालय प्रमुखको महत्वपूर्ण भूमिका हुने हुदाँ हरेक प्रहरी कार्यालयका कार्यालय प्रमुखले पुरस्कृत तथा कार्वाही गर्दा प्रहरी कर्मचारीको आचरण, क्षमता, व्यवहार र प्रहरी कर्मचारीको व्यवसायिक निष्ठा मूल्यांकन गरी अंगिकार गर्न समेत निर्देशन दिनुभएको थियो ।
साथै, प्र.अ.म.नि. बज्राचार्यले काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले समयानुकुल प्रविधिको प्रयोग गरि ट्राफिक व्यवस्थापन गर्दै आईरहेको अबस्थामा दुर्घटना तथा ट्राफिक नियम उलङ्घन पश्चात समेत सि.सि.टि.भि. मनिटरिङ्को सहायताले सफल अनुसन्धान तथा कार्वाही गरिएको बताउदै आगामी दिनहरुमा समेत समय सापेक्ष रुपले थप प्रविधिमैत्री भई विभिन्न तालुक निकायसँग समन्वय गरी उच्च मनोवलका साथ ट्राफिक प्रहरी जनशक्ति र प्रविधिको प्रयोग पूर्ण व्यवसायिक तवरले गर्न निर्देशन दिनु भयो ।
कार्यक्रममा प्रहरी नायब महानिरीक्षक भरत बहादुर बोहरा, सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा प्रहरी हवल्दार, जवानहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  नवलपरासी । मृत्यु हुनेमध्ये जाजरकोटका भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँचजनाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको पहिचान खुलेको छ । नवलपरासी पूर्वमा बस दुर्घटना भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको […]

कपिलवस्तुको सुठौली नाकाबाट चेकजाँच बिनै बुलेट ट्रक भारत कसरी पुगेको आरोप कपिलवस्तु । भन्सार र सुरक्षा निकायको भूमिकामाथि प्रश्न, खुनुवा नाकामा पुगेपछि ठूलो परिमाणमा सामान बरामद, नेपालमा फ्लाई एश अनलोड गरी भारततर्फ जाँदै गरेका दुई भारतीय मालवाहक बुलेट ट्रकबाट खुनुवा नाकामा ठूलो परिमाणमा फर्सीको बीउ र बोक्रासहितको अखरोट बरामद भएपछि नेपालतर्फको सुठौली भन्सार नाका र […]

  काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबाट जिल्ला प्रहरी परिसर काठमाडौंको निरीक्षण तथा अनुगमन गर्नुभएको छ। उहाँले आसन्न चाडपर्व लक्षित विशेष सुरक्षा योजना एवं प्रहरी परिचालन बारे जानकारी लिई कार्यान्वयनको प्रभावकारिता अभिवृद्धिका लागि आवश्यक निर्देशन दिनुभएको छ।