१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

नव दुर्गाको मुर्तीमा लाखौंको अबैध सामानहरु सशस्त्र प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित सोमबार, आश्विन १३, २०७६

  • सागर थापा / महेन्द्र सिंह

असोज १३, नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयमा रहेको सशस्त्र प्रहरीले नव दुर्गाको मुर्तीमा लुकाएर नेपाल ल्याउदै गरेको लाखौं मूल्यका सामान बरामद गरेको छ ।

दशैंका लागि भारतबाट नेपाल ल्याउदै गरेका भगवतीको मुर्ती बोकेको ट्रयाक्टरबाट सशस्त्र प्रहरीले लाखौं मूल्यका सामान बरामद गरेको हो । भन्सार कार्यालयमा रहेको सशस्त्र प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार दशैंका लागि भगवतीको मुर्ती बोकेको ट्रयाक्टरबाट राजश्व छलेर नेपाल भित्र्याईरहेका ट्रयाक्टरको ट्रली चेक बेरिङ्ग २० पीस, रोटाभेटर बेरिङ्ग १० पीस, ढोकाको ह्याण्डल सेट ९ दर्जन, चिनी २ सय केजी, डाल्डा २ पेटी, चामल ५ बोरा, तेल ३ टिन र लड्डु दाना १ बोरा लगायत २५ वटा विभिन्न सामान सशस्त्रले बरामद गरेकोहो ।

सशस्त्र प्रहरीले बरामद गरेका ती सामानको ९ लाख ५० हजार मूल्य रहेको भन्सार सशस्त्र प्रहरी प्रमुख डिएसपी नौराज बोहराले जानकारी दिएका छन । भन्सार कार्यालय नेपालगन्जमा रहेको सशस्त्र प्रहरीले नियमित चेकचाँजका क्रममा उक्त सामान बरामद गरेको जनाएकोछ ।

बरामद गरिएका सामान मध्ये अधिकांश ट्रयाक्टर र खाद्यान्न सामाग्री रहेकाछन् । दशैंको पहिलो दिन भारतको रुपैडिहा लगायतका विभिन्न स्थानबाट नेपाल ल्याइदै गरेका भगवतीको मुर्तीमा लुकाईछिपाई सामानको तस्कर भइरहेको थाहा पाएपछि सशस्त्र प्रहरीले आईतबार बेलुका चेकजाँच गरेको थियो ।

भगवतीको मुर्तीसंगै तस्करी गरि ल्याएको सामान सशस्त्रले बरामद गर्दा तस्करको नयाँ शैली बाहिरिएकोछ । चाडबाडका बेला अबैध कारोबारमा तस्करको सक्रियता झन् बढेकोछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीको नियमित सरुवा रोकिएको छ। विभिन्न जिल्लाका प्रहरी इन्चार्जहरुको एक वर्ष अवधि पुगेपनि अझै सरुवा हुन सकेको छैन । गत वर्ष भदौको अन्तिममा विभिन्न जिल्लाका प्रमुखहरुको सरुवा भएको थियो। उनीहरु सरुवाको पर्खाईमा छन्। तर, प्रहरी नेतृत्व र गृह मन्त्रालयबिच कुरा नमिल्दा सरुवा हुन सकेको छैन । स्रोतका अनुसार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले […]

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा गएको भदौ १० गते आएको बाढीको कारण आज पनि रसुवा, नुवाकोट र धादिङका विभिन्न राजमार्ग अवरुद्धै अवस्थामा छन्। रसुवाका सबै मुख्य राजमार्ग अहिलेसम्म पनि गाडी चल्न नसकेका प्रहरीले जनाएको छ। त्यसैगरी आज ललितपुरमा कान्तिलोकपथ, मनाङमा बेनी–जोमसोम सडक र बेनी-दरबाङ सडक, मुस्ताङमा जोमसोम-कोरला सडक पूर्णरूपमा अवरुद्ध छ। त्यसैगरी पर्वतमा मालढुंगा-बेनी, मध्यपहाडी लोकमार्ग, […]

दाङ । आफ्नो जन्मदिनको अवसर पारेर दाङ घोराही निबासी राष्ट्रिय अनलाईन पत्रकार संघका कार्यबाहक अध्यक्ष एवं एबिसी संचारका प्रधान सम्पादक इशाई अवाजका कार्यकारी सम्पादक एवं सिधा पत्रका क्राइमबिट ब्युरो प्रमुख पत्रकार सागर थापाले रक्तदान गर्नु भएको छ । उहाँले रक्तदान नै जिबन दान हो भन्ने मान्यताका साथ आफ्नो रगतले अरुको जिविन बचोस भन्दै आफुले आफ्नो […]