१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
×

जिल्ला प्रहरी कार्यालय दाङमा मानसिक स्वास्थ्य प्रवर्द्धनका लागी योग ध्यान दास्रो दिन

Logo
सागर थापा प्रकाशित सोमबार, मंसिर ०३, २०८१

 

दाङ । जिल्ला प्रहरी कार्यालय दाङको प्राङ्गणमा राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुर, दाङको आयोजना नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको सहकार्य र जिल्ला प्रहरी कार्यालय, दाङको समन्वयमा प्रहरी कर्मचारीहरुको “मानसिक स्वास्थ्य प्रवर्धनका लागि योग ध्यान कार्यक्रम” सञ्चालन गरी २ दिने योग ध्यान कार्यक्रमको समापन गरिएको छ ।साथै, आज दोस्रो दिनको योग ध्यान कार्यक्रममा दाङ प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुर, दाङका कार्यालय प्रमुख डा.मदन कुमार बि.सी. जिल्ला प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख एसपी अर्जुन प्रसाद तिमिल्सिना, डिएसपी इश्वर थापा, पतञ्जली योग समिति, लुम्बिनी प्रदेशका अध्यक्ष प्रेम शाह महेन्द्र बहुमुखी क्याम्पस घोराहीका उप-प्रध्यापक अम्बिका डाँगि योग प्रशिक्षक माधव सुवेदी रहनु भएको, राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुरका प्रतिनिधिहरु, प्रहरी कर्मचारीहरु समेत गरी ११० जनाको उपस्थितिमा समापन भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  नवलपरासी । मृत्यु हुनेमध्ये जाजरकोटका भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँचजनाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको पहिचान खुलेको छ । नवलपरासी पूर्वमा बस दुर्घटना भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको […]

कपिलवस्तुको सुठौली नाकाबाट चेकजाँच बिनै बुलेट ट्रक भारत कसरी पुगेको आरोप कपिलवस्तु । भन्सार र सुरक्षा निकायको भूमिकामाथि प्रश्न, खुनुवा नाकामा पुगेपछि ठूलो परिमाणमा सामान बरामद, नेपालमा फ्लाई एश अनलोड गरी भारततर्फ जाँदै गरेका दुई भारतीय मालवाहक बुलेट ट्रकबाट खुनुवा नाकामा ठूलो परिमाणमा फर्सीको बीउ र बोक्रासहितको अखरोट बरामद भएपछि नेपालतर्फको सुठौली भन्सार नाका र […]

  काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबाट जिल्ला प्रहरी परिसर काठमाडौंको निरीक्षण तथा अनुगमन गर्नुभएको छ। उहाँले आसन्न चाडपर्व लक्षित विशेष सुरक्षा योजना एवं प्रहरी परिचालन बारे जानकारी लिई कार्यान्वयनको प्रभावकारिता अभिवृद्धिका लागि आवश्यक निर्देशन दिनुभएको छ।