२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध रुपमा बसिरहेका आप्रवाशीहरुलाई सेना लगाएर देश निकाला गर्ने घोषणा

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, मंसिर ०४, २०८१

 

काठमाडौं । अमेरिका राष्ट्रपति डोल्न ट्रम्पले कागजात विहीन लाखौं आप्रवासीलाई देश निकाला गर्ने बताए । यस्तै सीमा सुरक्षा राष्ट्रिय आपतकाल घोषणा गरी मेक्सिकोको सीमानामा पर्खाल लगाउने उनले बताए ।

सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक कार्यकर्ताको पोस्टलाई ट्रम्पले रि–पोष्ट गरेका छन् । ती कार्यकर्ताले नवनिर्वाचित राष्ट्रपति ट्रम्प राष्ट्रिय आपतकाल घोषणा गर्न र गैरकानूनी आप्रवाशीलाई देश निकाला गर्न तयार रहेको बताएका छन् ।

रि–पोस्ट गर्दै उनले उक्त कुरा सत्य भएको लेखेका छन् । राष्ट्रपति निर्वाचन हुनुअघि गत जुलाईमा एक कार्यक्रममा ट्रम्पले वर्तमान राष्ट्रपति जो बाइडेनले भित्र्याएका लाखौं अवैध आप्रवासीलाई आफूले फिर्ता पठाउने चेतावनी दिएका थिए ।

ट्रम्पले उक्त मुद्धालाई प्रमुख चुनावी नारा बनाएका थिए । अमेरिकामा हाल झण्डै सवा करोड आप्रवासी गैरकानुनी रूपमा बस्दै आएका छन् । ट्रम्पले आप्रवासीहरूबाट अमेरिकीहरू बलात्कार र हत्याको शिकार हुनुपरेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका – ८ लाहापे स्कुलमा बनेको नयाँ सौचालय अहिल्यै लथालिङ्ग अवस्थामा देखिन्छ । स्थानीयबासीको गुनासो आएपछि हामी एबिसी सञ्चारका भण्डाफाेर टिम स्थलगत रुपमा उक्त विद्यालयमा पुगेर हेर्दा दाताहरुले दिएको ठूलो धनराशि रकमबाट निर्मित राम्रोसँग निर्माण गरिएको देखिन्छ तर दु:खद कुरा भन्नुपर्दा सौचालय अत्यन्तै फ़ोहोर छ । कसिँगरले भरिएको, झ्याल […]

दाङ । पछिल्लो समय सामाजिक अभियानमा अति नै सक्रिय रहेको घोराही बनाउँ अभियानले आफ्नो योजनासहितको गीतको बोल सार्वजनिक गरेको छ। घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले उक्त गीत आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको हो । यआईको माध्यमबाट तयार पारिएको उक्त गीत घोराहीलाई कस्तो बनाउने भन्ने सवालमा केन्द्रित छ । महिला पुरुष दुवैको स्वर समावेश गीतमा […]

बाँके । *घटना विवरण:* – *मृतक*: विशाल चन्द ठकुरी – *घटना*: समूहबीच झडप हुँदा बियरका बोतल र चक्कुजस्ता धारिलो हतियार प्रयोग गरी आक्रमण – *समय*: मंगलबार बिहान करिब ५:०० बजे लम्कीचुहाबाट आएका साथीहरूसँग पुनः झडप भएको – *मृत्यु*: ज्यान जोगाउन भाग्ने क्रममा करिब १०० मिटर पछ्याएर फेरि आक्रमण गर्दा बाटोमै ढले। सञ्जीवनी कलेज अफ मेडिकल […]

error: Content is protected !!