२४ भाद्र २०८३, बुधबार
09-09-2026 , Wed
×

दशै अपराध नहोस् भन्दै बाँके प्रहरीले ३१ बुँदे सुरक्षा योजनाहरु सार्वजनिक

Logo
प्रकाशित सोमबार, आश्विन १३, २०७६

  • सागर थापा/ महेन्द्र सिंह

 जिल्ला प्रहरी कार्यालय बाँकेले दशैं चार्डपर्वहरुमा शहर वा जिल्ला बाहिर जानेहरुलाई घरको झ्याल, ढोका राम्ररी बन्द गरेर नजिकको छिमेकी र प्रहरीलाई गर्न खबर आग्रह गरिएको छ ।

प्रहरीले अत्याधिक भीडभाड हुने बैंक तथा वित्तीय संस्था, व्यवसायीक मल, मनोरञ्जन स्थल, बसपार्क आदिमा चोरीलगायत अपराधिक घटना हुनसक्ने भएकाले त्यस्ता ठाउँमा सादा पोशाकमा प्रहरी परिचालन गरेको जनाएको छ । प्रहरीले चाडबाड सुरक्षा योजनामा मदिरा खाएर होहल्ला, जुवातास, अतिशबाजी, गुण्डागर्दी नियन्त्रण गर्नेदेखि राजमार्ग सुरक्षासम्म रहेको छ ।

बाँके जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर वलीले ६५ किलोमिटरमा फैलिएको खुल्ला नाकादेखि बजार, राजमार्गमा अपराधिक घटना हुन नदिन सतर्कता अपनाइएको बताए । भारतमा काम गरेर चाडबाड मान्न घर फर्किने नेपालीलाई नाकामा दुख, सास्तीदेखि लुटपाट नहोस् भनेर भारतीय प्रहरीसँग समन्वय गरेर सादा पोशाकका प्रहरी परिचालन गरिएको छ । एसपी वलीले नाका, बजार, बसपार्कदेखि राजमार्गसम्म सुरक्षा निगरानी बढाएको बताए । चार्डपर्वमा विशेष गरेर बैंक तथा बित्तीय संस्था आसपास, भारतबाट मजदुरी गरेर फर्किने नेपाली लुटिने गर्दछन् । शहर या जिल्ला बाहिर टीका लगाउन जादा घर खाली हुने भएकाले त्यस्ता घरमा चोरी हुने खतरा बढ्छ ।

प्रत्येक वर्ष दशैं र तिहार आसपासमा साना ठूला दुई दर्जनबढी चोरीका घटना हुँदै आएका छन् । बाँके प्रहरीले यसपाली त्यस्तो हुन नदिन विशेष सतर्कता अपनाएको जनाएको छ । दुर्घटना न्यूनीकरणका लागि नियमितदेखि ‘सरप्राइज’ चेकिङको व्यवस्था गरेको एसपी वलीले बताए । चार्डपर्वका बेलामा बजारमा कालाबजारीदेखि कमसल खाद्य पदार्थ बिक्री हुन सक्नेतर्फ पनि प्रहरीले ध्यान दिएको छ ।

एसपी वलीले चार्डपर्वमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायका प्रमुखहरुलाई बिदा नछोडेको बताए । ‘सरकारी अड्डाहरुमा आलोपालो भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको छ, गस्तीको प्रबन्ध गरिएको छ,’एसपी वलीले भने, ‘दशैंमा अपराध नहोस् भनेर हामी लागिपरेका छौं ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुस्ताङ । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ५.३ रेक्टर स्केलको भूकम्प गएको हो। बुधबार राति ९ः५३ बजे भूकम्प गएको केन्द्रले जनाएको छ। भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा रहेको थियो। भूकम्पको धक्का तिब्बत, नेपालको मुस्ताङसँगै, बागलुङसँगै धौलागिरि रेन्ज तथा काठमाडौंसम्म महसुस भएको थियो।

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुको नेतृत्व पहिलोपटक महिला प्रहरी निरीक्षकले सम्हाल्ने भएकी छन्। प्रहरी निरीक्षक कालिका कार्कीले पिपरा प्रहरी कार्यालयको नेतृत्व सम्हाल्ने भएकी हुन्। गुल्मीमा जन्मिएकी कार्की नेपाल प्रहरीभित्र कर्तव्यनिष्ठ र अनुशासित प्रहरी अधिकृतका रूपमा परिचित छिन्। प्रहरी सेवामा रहँदा विभिन्न जिम्मेवारी सम्हाल्दै आएकी कार्की अब पिपरा क्षेत्रको शान्ति–सुरक्षा र अपराध नियन्त्रणमा केन्द्रित […]

दाङ । दाङमा ग्यास अभावका कारण दैनिक जीवन कष्टकर बन्दै गइरहेका बेला घोराही बनाउँ अभियान र नेवा सप्लायर्सले समस्यामा परेका विद्यार्थी तथा सुत्केरी महिलालाई लक्षित गर्दै मनकामना ग्यास वितरण गरेको छ। अभियान र सप्लायर्सको सहकार्यमा कुल ८० जना विद्यार्थी तथा सुत्केरी महिलालाई ग्यास वितरण गरिएको हो। दाङमा कुपन सिस्टममार्फत ग्यास वितरणलाई सहज, व्यवस्थित र पारदर्शी […]