१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
×

नेपाल प्रहरीको रिक्त रहेको डिआइजी र एआइजीको दरवन्दी थप्ने अन्तिम तयारी

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, मंसिर ०४, २०८१

काठमाडौं । सरकारले  सशस्त्र प्रहरीमा दुई प्रहरी अतिरिक्त महानीरिक्षक (एआइजी र नेपाल प्रहरीका  तीन प्रहरी नायब महानिरीक्षक (डिआइजी)को दरवन्दी थप गर्ने तयारी गरेको छ ।  सशस्त्र प्रहरीमा डिआइजी किशोर प्रधान र गणेश ठाडा मगरलाई बढुवा गर्न र नेपाल प्रहरीमा दूर्गा सिंह चन्द भरत बोहोरा कुवेर कडायतलाई बढुवा गर्नका लागि दरवन्दी थप गर्ने भएको स्रोतले बताएको छ । ‘दरबन्दी थप गर्ने प्रस्ताव प्रहरी प्रधानकार्यालयले गृहमन्त्रालयमा पठाइसकेको छ, गृहले पनि अर्थमन्त्रालयमा पठाएको छ अर्थले कुनै जानकारी दिएको छैन’, स्रोतले भन्यो । नेपाल प्रहरीमा ३ डिआइजीको दरबन्दी थप गर्दा डिआइजीको संख्या ३० पुर्याउने तयारी भएको छ । नेपाल प्रहरीमा अहिले जनपदतर्फ २० र प्राविधिक ७ गरी २७ रहेकोमा जनपदतर्फ ३ दरवन्दी थप गरेर ३० पुर्याउन लागिएको हो ।ट्राफिक, लागुऔषध र विमानस्थल सुरक्षा गार्डका लागि ३ वटा दरबन्दी आवश्यक रहेको भन्दै प्रहरीमा ३ वटा दरबन्दी थप गर्न लागिएको हो । हाल ८ वटा पद रिक्त रहेकोमा ३ वटा थप गरेर ११ वटा पदमा बढुवा सिफारिस गर्न लागिएको छ ।

नेपाल प्रहरीमा यतिबेला रिक्त भएका ८ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को बढुवा रोकेर दरवन्दी थप गर्ने तर्फ लागिएको छ । डिआइजीमा बढुवा हुनेहरु चलखेल गर्न थालेपछि प्रहरी प्रधानकार्यालयले डिआइजीको दरवन्दी थप गर्न लागेको हो ।

प्रहरी प्रधानकार्यालयले प्राविधिकतर्फको दुई दरवन्दीपनि थप गर्न माग गरेको छ । तर अर्थमन्त्रालयले यसलाई अस्वीकार गरेको स्रोतले जनाएको छ ।

गत असारदेखि नै नेपाल प्रहरीमा डिआइजीको पद रिक्त हुँदै गए पनि बढुवा रोकिएको थियो । हाल रिक्त डिआइजीको संख्या ८ पुगेको छ । असारमा एआईजीका लागि बढुवा सिफारिस भएर पनि पोषराज पोखरेल डिआइजीमै अवकाश भएका थिए । उनलाई बढुवा सिफारिस गरे पनि निर्णय नभएपछि उनी असार २१ गते नै अवकाश पाए । यद्यपि, उनले आफू बढुवा नहुनुपर्ने कारण माग्दै सर्वोच्चमा मुद्धा हालेका छन् । सो मुद्धा अहिले विचराधीन रहेको छ ।

रिक्त डिआइजीका लागि तीनवटा टोली प्रतिस्पर्धामा देखिएका छन् । प्रहरी महानिरीक्षक कुँवरका ब्याचीदेखि २०५४ को टोलीका एसएसपीहरू डिआइजी बन्न लबिइङमा लागेका छन् । यसमध्ये पनि मुख्य गरी १५ एसएसपी मध्येबाट डिआइजी बढुवा सिफारिस हुने देखिएको छ ।

आइजीपी कुँवरका ब्याची कार्यक्षमतामा कमजोर मानिएका ध्रुवराज राउत र भोलाबहादुर रावल अहिलेका एसएसपीमा सबैभन्दा सिनियर हुन् । उनीहरू भर्नादेखि एसएसपीसम्म नै अगाडि थिए ।

त्यसपछि आईजीपीसँगै प्रहरी निरीक्षकमा प्रतिस्पर्धा गरेका गणेश चन्द पनि अहिले डिआइजी बन्ने सूचीको प्राथमिकतामा छन् । डिआइजी दूर्गा सिंह चन्द एआइजी बढुवामा पछि परेपनि उनका पति चन्दलाई बढुवा दिएर न्याय गर्ने बताइएको छ । उनी २०७९ असार २५ गते ३२ जना एसएसपीमा बढुवा गर्दा पहिलो नम्बरमा थिए ।कार्यक्षमता भन्दा पनि आफ्ना व्याची भएकाले यी तीनजनालाई छुटाउन नहुने पक्षमा आईजीपी कुवर उभिएका छन् ।

यस्तै सुरुमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि नेपाल प्रहरीमा ल्याइएको टोलीबाट पनि यसपटक डिआइजी बन्ने छन् । यो टोलीबाट एसएसपी सिद्धिविक्रम शाह डिआइजी बन्ने करिब निश्चित छ ।

यसअघि एसएसपी हुँदा उनी चन्दपछिको दोस्रो नम्बरमा थिए । उनीभन्दा पछाडिका उमाप्रसाद चतुर्वेदी र सुशील सिंह राठौर पनि यसपटक डिआइजीका बलिया दाबेदार हुन । उनीहरूभन्दा पछाडिका दानबहादुर कार्की, मनोज केसी र राजन अधिकारी यसअघि नै डिआइजी भइसकेका छन् ।शाहकै ब्याचका हिमालयकुमार श्रेष्ठ, ओम राना र डम्बरबहादुर विक पनि डिआइजीका लागि विभिन्न शक्ति केन्द्र धाइरहेका छन् ।२०५४ सालमा प्रहरी निरीक्षकमा भर्ना भएर सँगै एसएसपी भएको टोली टोलीबाट डिआइजीमा बढुवा हुन ईश्वर कार्की, गोविन्द थपलिया, दिनेश आचार्य, अरुण पौडेल, राजेन्द्रप्रसाद भट्टले पनि जोडबल लगाइरहेका छन् । दिनेश आचार्य र राजेन्द्र भट्ट भने इन्चार्ज विभाजनमा पनि धेरै पटक अन्यायमा परेका अधिकृत हुन् ।तुलनात्मक रुपमा इश्वर कार्की गोविन्द थपलिया तथा अरुण पौडेल कम विवादित मानिन्छन् । अहिले एकसाथ बढुवा भएका ३२ एसएसपीमध्ये तीनजना यसअघि नै डिआइजी भइसकेका भने ५ जना एसएसपीबाटै अवकाशमा गइसकेका छन् ।यस्तै यही टोलीसँगै एसएसपी भएका माधवप्रसाद श्रेष्ठ, दीपेन्द्र घर्ती क्षेत्री, दिपक रेग्मी, दिलिप सिंह देउवा, विनोद घिमिरे, सुदर्शनप्रसाद कोइराला, दिपककुमार बस्नेत, जयराज सापकोटा, सुरेन्द्रबहादुर गुरुङ, सञ्जीव शर्मा दास, लोकेन्द्र श्रेष्ठ र शारदाप्रसाद चौधरी पनि डिआइजीका दाबेदार हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  नवलपरासी । मृत्यु हुनेमध्ये जाजरकोटका भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँचजनाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको पहिचान खुलेको छ । नवलपरासी पूर्वमा बस दुर्घटना भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको […]

कपिलवस्तुको सुठौली नाकाबाट चेकजाँच बिनै बुलेट ट्रक भारत कसरी पुगेको आरोप कपिलवस्तु । भन्सार र सुरक्षा निकायको भूमिकामाथि प्रश्न, खुनुवा नाकामा पुगेपछि ठूलो परिमाणमा सामान बरामद, नेपालमा फ्लाई एश अनलोड गरी भारततर्फ जाँदै गरेका दुई भारतीय मालवाहक बुलेट ट्रकबाट खुनुवा नाकामा ठूलो परिमाणमा फर्सीको बीउ र बोक्रासहितको अखरोट बरामद भएपछि नेपालतर्फको सुठौली भन्सार नाका र […]

  काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबाट जिल्ला प्रहरी परिसर काठमाडौंको निरीक्षण तथा अनुगमन गर्नुभएको छ। उहाँले आसन्न चाडपर्व लक्षित विशेष सुरक्षा योजना एवं प्रहरी परिचालन बारे जानकारी लिई कार्यान्वयनको प्रभावकारिता अभिवृद्धिका लागि आवश्यक निर्देशन दिनुभएको छ।