२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङ ट्राफिक प्रमुख शाही एक्समा मोडिफाई गरेर चलाउने २२ वटा बाईक र चालकहरु नियन्त्रणमा

Logo
सागर थापा प्रकाशित बिहिबार, मंसिर ०६, २०८१

दाङ । घोराही जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले स्वरुप परिवर्तन (मोडिफाई) गरेर चलाउने २२ वटा बाईक र चालकहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्न सुरु गरेको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले साईलेन्सर पाईपको स्वरूप परिवर्तन (मोडिफाई) गरी ठुलो अवाज निकाली (ध्वनी प्रदुषण) गरी ठुलो आवाज निकालेर सडकमा चलाएका मोटरसाईकलहरूलाई दाङ ट्राफिक प्रहरीले कार्यालयको नियन्त्रणमा लिई कम्पनिकै साईलेन्सर पाईप राख्न लगाई आवश्यक कानुनी कारवाही गरी सम्बन्धित सवारी धनीहरूलाई जिम्मा लगाउने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरिक्षक राजेश शाहीले जानकारी दिनुभयो ।विशेष गरि क्रस बाईक बुलेट बाईकहरुमा यो समस्या देखिने गरेको गाउँ टोल समाजबाट नागरिकहरुको गुनासो आएको शाहीको
भनाई छ ।

‘बाईकको साईलेन्सर परिबर्तन गरि ठुलो आवाज आउने भएकाले ध्वनि प्रदुषण भएको गुनासो आउन थालेपछि हामीले त्यस्ता बाईकहरुलाई निगरानी गर्न थालेका हौँ’
उहाँले भन्नुभयो विशेष गरि बुलेट बाईकहरुमा यो समस्या देखिएको छ । २२ वटा विभिन्न मोटरसाइकल जति बाईक र चालकलाई नियन्त्रणमा लिएर कारबाही गरिएको छ ।’जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक शाही एक्सनमा आएकोले धमाधम मोडिफाई बाईकहरु र चालकलाई दाङ ट्राफिक प्रहरीले कार्वाही गरेको छ । साथै बाईकहरु मोडीफाई नगर्न अनुरोध गर्दै ट्राफिक नियमको पालना गर्न सम्पूर्णमा अनुरोध दाङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक शाहीले गर्नुभयो ।

सवारी तथा यातायात व्यवस्था ऐनमा स्वरूप परिवर्तन गरी सवारी चलाएमा सोही ऐन बमोजिम कारबाही हुने दाङ ट्राफिक प्रहरीको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]