२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

शुक्रबारको राशिफल यस प्रकार रहेको छ

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, मंसिर ०७, २०८१

 

दाङ । तुल्सीपुर मेष राशि – कार्यक्षेत्रमा सतर्क रहनुहोला ।प्रतिस्पर्धिहरु सलवलाउने छन् ।विरोधिहरु सलवलाउनेछन् ।परिश्रम अनुरुप लाभ प्राप्त नहुदा मन खिन्न होला ।नकारात्मक विचार वाट बचेर कार्य गर्नुहोला ।स्वास्थयमा विशेष ख्याल राख्नु पर्नेछ ।व्यवसायमा केहीँ सफलता मिल्नेछ ।

बृष राशि -नकारात्मक सोचबाट बचेर काम गर्दा लाभ हुनेछ ।समाजमा प्रतिष्ठा बढ्नेछ । विद्यार्थीको लागि आज उत्साह पूर्ण दिन रहेको छ ।प्रतिस्पर्धामा सफलता मिल्ला ।व्यवसायमा मनग्य आम्दानि होला ।कार्यक्षेत्रमा नयाँ अवसरहरु प्राप्त होलान् ।आर्थिक पक्ष मजवुत हुनाले मन हर्षित होला ।

मिथुन राशि – एकपछि अर्को जिम्मेवारी थपिनेछ ।अलिक वोझ थपिदा थकानको महशुस होला ।आर्थिक पक्ष बलियो हुनेछ ।शिक्षा क्षेत्रमा प्रगति हुनेछ ।वाणिमा मिठास वढ्नेछ । व्यवसायमा लाभ प्राप्त हुनेछ । आफू अनुकुल समय रहनाले कार्यसम्पादनमा सहजता छाउला ।सन्तानको स्वास्थ्यलाई लिएर चिन्ता वढ्नेछ ।

कर्कट राशि – पारिवारीक भेटघाट तथा मित्र मिलन होला आर्थिक पक्षबलियो हुनेछ ।आत्तिएर कुनैपनि निर्णय नगर्नुहोला । दिन सामान्य रहेको छ ।व्यवसायिक सफलता मध्ययम रहला ।यात्रा गर्दा सतर्क रहनु होला ।पारिवारी सुख प्राप्त हुनेछ । विद्यार्थीका लागि आज दिन शुभ रहेको छ ।तपाईको कार्य कुशलताको प्रसंसा चल्नेछ ।

सिंह राशि – मनमा अनावश्यक चिन्ता वढ्नेछ ।शरिरमा आलस्य उत्पन्न हुनाले कार्यमा बाधा होला। व्यवसायमा सोचेअनुरुप सफलता नमिल्दा मन खिन्न होला । अपजस प्राप्त हुन सक्छ बोल्दा ख्याल गर्नुहोला । प्रेम सम्वन्धमा खटपट हुनेछ ।

कन्या राशि -कार्यक्षेत्रमा सम्मान मिल्नेछ ।पारिवारीक माहोल वन्नेछ । आर्थिक स्रोतहरु बढ्नेछन् ।बैदेशिक कार्यहरु सुचारु होलान्।मान सम्मान बढ्नेछ । बोल्दा अलिक बिचार गर्नुहोला ।जग्गा जमिनको कारोवारमा सफलता मिल्नेछ ।बिद्यार्थीको लागि प्रतिस्पर्धा मा सफलता मिल्ला ।शेयर मार्केटको लागि पनि आज तपाईको लागि दिन शुभ रहेको छ ।

तुला राशि -समयमै कार्य सम्पादन गर्ननसक्दा समस्या थपिनेछ ।पारिवारीक माहोलमै खर्च हुनेछ ।विद्यार्थीको बौद्दिक क्षमता बृद्दि होला ।रचनात्मक क्षेत्रमा प्रगति हुनेछ ।आत्मविश्वास वढ्नेछ ।नोकरीमा केहीँ शुभ समाचार प्राप्त होला ।व्यवसायिक सफलता मिल्ला ।धार्मिक एवं सामाजीक कार्यमा मन जाला ।दैनिक कार्यमा प्रगति हुनेछ ।सेवामूलक कार्यमा सफलता मिल्ला ।

वृश्चिक राशि -शुभ समाचारले मन प्रसन्न होला ।सामाजीक प्रतिष्ठा वढ्ला ।कार्यक्षेत्रमा सहकर्मिको सहयोग प्राप्त होला ।आज पुराना योजनाहरु सफल हुनेछन् ।सामाजीक तथा धार्मिक कार्यमा सरिक भैएला ।चिताएका कार्यहरु तिव्ररुपमा अगाडि वढ्नेछन् । विध्यार्थीका लागि अाज शुभ दिन रहेको छ ।

धनु राशि – मित्रहरुबाट धोका पाईन सक्छ ।आर्थिक बृद्दि हुनेछ ।जोश जाँगर वढ्नेछ । व्यवसायमा सफलता मिल्ला । सामाजिक एवं धार्मिक कृत्यमा सहभागि भैएला । विद्यार्थीका लागि आज महत्वपूर्ण दिन रहेको छ । सोचे अनुरुप काम बन्नाले मन प्रसन्न रहला ।स्वास्थ्य सुधारोन्मुख होला ।उत्तरार्धमा धन खर्च होला ।

मकर राशि -कार्य क्षेत्रमा नयाँ जिम्वेवारी थपिनेछ ।रोकिएका कार्य सुचारु हुनेछन् । पारिवारिक स्वास्थ्यलाई लिएर चिन्ता वढ्नेछ ।अग्रजको सल्लाहमा गरिएको कार्यले सफलता प्राप्त गर्नेछ ।साझेदारिमा गरियका कार्यले सार्थकता पाउनेछ ।आज परिवारलाई समय दिदा उत्तम रहनेछ । कानुनि क्षेत्रमा शुभ खवर प्राप्त होला ।आयर्जनका नयाँ नयाँ बाटाहरु खुल्नेछन् ।

कुम्भ राशि – आज दिन मध्ययम फलदायि रहेकोछ ।व्यवसायमा लगानि थप्न उपर्युक्त छैन । यात्रा गर्दा ध्यान दिनु पर्नेछ ।विवाद बाट टाढै बस्दा राम्रो हुनेछ ।परिश्रम अनुसारको लाभ प्राप्त होला । सामाजीक कार्यमा रुचि वढ्ला । कृषि क्षेत्रपनि सबल हुनेछ । राजनितिक गतिविधिमा सहभगि भैएला ।स्वास्थ्य सामान्य रहनेछ । विद्यार्थीका लागि आज शुभफल प्रदायक रहनेछ । अनावश्यक खर्च हुनेछ ।

मिन राशि -आज दिन उत्साह पूर्ण हुनेछ । व्यवसायमा मनग्य आम्दानि वढ्ला । प्रतिस्पर्धामा जित हासिल हुनेछ।पारिवारीक हर्ष वढ्ला ।सोचेअनुरुप कार्य बन्दै जानाले मन खुसि हुनेछ । जागिरमा रहनुहुनेको लागि स्थानान्तरणको सम्भावना रहेको छ । विद्यार्थीको लागि शुभफल प्रदायक रहनेछ ।अनावश्यक खर्चवाट बच्नुहोला ।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा ।
सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]