२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

कपिलवस्तु चन्द्रौटाबाट प्रहरी निरीक्षक सुजन शाह कार्तिक महिनाको उत्कृष्ट प्रहरी निरीक्षक घोषित

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, मंसिर ०७, २०८१

कपिलवस्तु । चन्द्रौटामा रहेको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुजन शाह कार्तिक महिनाको उत्कृष्ट प्रहरी निरीक्षक घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले विहीबार एक कार्यक्रम आयोजना गरी शाहलाई अपराध नियन्त्रणमा देखाएको सक्रियता र सफलताका लागि यो सम्मान प्रदान गरेको हो ।

शाहले एक महिनाभित्र क्षेत्रका विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रण गर्दै फरार अभियुक्तलाई पक्राउ गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । अपराध नियन्त्रणका लागि उनले चालेका कदम र नागरिकको सुरक्षामा पुर्‍याएको योगदानलाई आधार मान्दै उनलाई यो सम्मान दिइएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार यस प्रकारको मूल्याङ्कन र सम्मानले प्रहरी संगठनभित्र सकारात्मक प्रतिस्पर्धा र जनताको सुरक्षाप्रति उत्तरदायित्व बढ्ने विश्वास लिइएको छ ।

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका उच्च अधिकारीहरूले शाहलाई सम्मान प्रदान गर्दै भविष्यमा पनि यस्तै उत्कृष्ट कार्यसम्पादनको अपेक्षा व्यक्त गरेका थिए ।

उत्कृष्ट प्रहरी निरीक्षक घोषणा भएपछि प्रहरी निरीक्षक सुजन शाहले आफ्नो भावना व्यक्त गर्दै भने, “यो सम्मानले मलाई अझ जिम्मेवार बनाएको छ । अपराध नियन्त्रण र शान्ति सुरक्षाका लागि हाम्रो टोलीको निरन्तर प्रयासलाई नागरिकले पनि विश्वास गर्नुभएको छ, जुन हाम्रो लागि प्रेरणादायक छ ।”

उनले यो उपलब्धि आफ्नो व्यक्तिगत मात्र नभई, समग्र टोलीको मेहनतको परिणाम भएको बताउँदै अपराधमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका – ८ लाहापे स्कुलमा बनेको नयाँ सौचालय अहिल्यै लथालिङ्ग अवस्थामा देखिन्छ । स्थानीयबासीको गुनासो आएपछि हामी एबिसी सञ्चारका भण्डाफाेर टिम स्थलगत रुपमा उक्त विद्यालयमा पुगेर हेर्दा दाताहरुले दिएको ठूलो धनराशि रकमबाट निर्मित राम्रोसँग निर्माण गरिएको देखिन्छ तर दु:खद कुरा भन्नुपर्दा सौचालय अत्यन्तै फ़ोहोर छ । कसिँगरले भरिएको, झ्याल […]

दाङ । पछिल्लो समय सामाजिक अभियानमा अति नै सक्रिय रहेको घोराही बनाउँ अभियानले आफ्नो योजनासहितको गीतको बोल सार्वजनिक गरेको छ। घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले उक्त गीत आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको हो । यआईको माध्यमबाट तयार पारिएको उक्त गीत घोराहीलाई कस्तो बनाउने भन्ने सवालमा केन्द्रित छ । महिला पुरुष दुवैको स्वर समावेश गीतमा […]

बाँके । *घटना विवरण:* – *मृतक*: विशाल चन्द ठकुरी – *घटना*: समूहबीच झडप हुँदा बियरका बोतल र चक्कुजस्ता धारिलो हतियार प्रयोग गरी आक्रमण – *समय*: मंगलबार बिहान करिब ५:०० बजे लम्कीचुहाबाट आएका साथीहरूसँग पुनः झडप भएको – *मृत्यु*: ज्यान जोगाउन भाग्ने क्रममा करिब १०० मिटर पछ्याएर फेरि आक्रमण गर्दा बाटोमै ढले। सञ्जीवनी कलेज अफ मेडिकल […]

error: Content is protected !!