२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

नवदुर्गा भवानीको पुजा आज पनि देशभर जारी

Logo
प्रकाशित बुधबार, आश्विन १५, २०७६

  • खिमराज गिरी

असोज १५,काठमाडौं । देशको विभिन्न ठाउहरुमा आज पनि नवदुर्गा भवानीकाृ पुजा जारी रहेको छ । आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनाको दिनदेखि पुर्णिमाको दिनसम्म नवदुर्गा भवानीको पुजा गर्ने प्रचलन रहेको छ ।

नेपालीहरुको महान चाड दर्शै नजिकिएसँगै हरेक मानिसहरुको घर घरमा उमङ्ग छाएको छ । देशका विभिन्न स्थानमा माता नवदुर्गा भवानीको पुजा गरिदै आएको छ । कँहि कतै घर परिवार र प्रायः ठाउँहरुमा विभिन्न उद्येश्यको लागि गठन भएका समितिमार्फत आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनाको दिनदेखि पुर्णिमाको दिनसम्म नवदुर्गा भवानीको पुजा गर्ने चलन भएवमोजिम तारकेश्वर नगरपालिका वडा नं.८, गैरी गाउँ पञ्चेश्वर महादेवको मन्दिरस्थित नवदुर्गा पुजा व्यबस्थापन समिति, गैरी गाँउको आयोजनामा अन्तर जिल्ला मैत्री सेवा समाज, लाली गुरास टोल सुधार समिति, नवश्रृष्ठी हातेमालो समाज, पञ्चेश्वर महादेव व्यबस्थापन समिति, जेष्ठ नागरिक समाज तथा सम्पूर्ण भक्तजनहरु आदिको सहयोगमा घटस्थापनाको दिनदेखि पुर्णिमाको दिनसम्म प्रत्येक दिन पुजा गर्नुकोसाथै विभिन्न कार्यक्रमको आयोजना गर्दै भजन किर्तन तथा नाचगानमा रमाएर भव्यताकासाथ रमाइलो गरी मनाइन्छ ।

यसरी हाम्रो समाजमा धार्मिक तथा साँस्कृतिक विविधता भएतापनि विभिन्न चाडवाडहरुको माध्यमबाट सामाजिक एकताको गाँठो बलियो भएकोले नै हामीलाई एक आपसमा मिलेर बस्न सजिलो भएको हो । जसले गर्दा हामीलाई एक आपसमा भातृत्वको भावना साटासाट गरेर दुःख सुखमा मिलिजुलि बस्न सजिलो भएको छ र समाजमा सय दिन बोलचाल बन्द भएका मानिसहरु पनि जव जव चाड पर्वहरु आउँछन अनि हर्ष र विष्मातले सहअस्तित्वको भावनामा डुबेर सहयोगी हातहरु अगाडि बढाउने कुरामा तत्परता देखाउँछन् । त्यसैले यी चाडबाडहरु समय समयमा आउनु भनेको छरिएर रहेका पारिवारिक सदस्यहरुको साथै समाजमा हरेक वर्ग, पेशा, धर्म, जात जाती, भाषा भाषीहरुविचको सम्बन्धलाई झन गाढा वनाउने माध्यमकोरुपमा प्रष्फुटित भएका हुन्छन् ।

यहि भाइचारा प्रवृत्तिमा रमाउन सिकेका छन् तारकेश्वर नगरपालिका अन्तर्गतका विभिन्न स्थान विशेषका मानिसहरु । यसरी नवदुर्गा भवानीको पुजाआजाको लागि विभिन्न व्यक्तिहरुको सहयोग जारी नै छ र स्थानिय सरकार अर्थात तारकेश्वर नगरपालिकाले पनि धार्मिक मान्यतालाई प्रोत्साहन दिन र समाजमा भएका विभिन्न पेशा, वर्ग, धर्म आदि मान्ने मानिसहरुलाई अझ भाइचाराको प्रवृत्ति विकास गराउन अझ भन्नुपर्दा सामाजिक एकता कायम गर्नको लागि नगरपालिकाको तर्पmबाट केहि आर्थिक सहयोग उपलब्ध गराउने हो भने धार्मिक मान्यतामा आधारित सभ्य समाजको निर्माण गर्न टेवा पुग्ने थियो कि ।
जय नव दुर्गा भवानी !

समावेशी टोल, तारकेश्वर नगरपालिका ८, काठमाण्डौ 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

सर्लाही । के भएको थियो:* सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गतका केही सामुदायिक विद्यालयमा युट्युबरहरू पठनपाठन भइरहेकै बेला विद्यालय परिसरमा प्रवेश गरेर अनावश्यक भिडियो अन्तर्वार्ता लिने गरेको गुनासो आयो। यसले शैक्षिक गतिविधिमा बाधा पुगेको विद्यालयहरूको भनाइ छ। 2266 *मेयरको वक्तव्य/नगरको धारणा:* लालबन्दी नगरपालिकाले सार्वजनिक विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ। नगरले युट्युबरहरूले पठनपाठन सञ्चालन भइरहेको अवस्थामा विद्यालयभित्र पसेर शैक्षिक […]

error: Content is protected !!