१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
×

काठमाडौं मेयर बालेनले एमालेलाई जरिवाना गरेपछि महासचिव पोखरेलले भने : खेदजनक काम भयो !

Logo
ABC-Sanchar प्रकाशित शनिबार, मंसिर ०८, २०८१

काठमाडौं मेयर बालेनले एमालेलाई जरिवाना गरेपछि महासचिव पोखरेलले भने : खेदजनक काम भयो !

काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको आरोपप्रति खेद ब्यक्त गरेको छ । काठमाडौं महानगरपालिकाले एमालेले फोहोर गरेको भन्दै एक लाख जरिवानाको निर्णय गरेको सामाचार सार्वजनिक भएलगत्तै महासचिव शंकर पोखरेलले खेदजनक काम भन्नुभएको छ ।

जागरणसभाको क्रममा दरवारमार्गमा भएको फोहोर पार्टी नेता कार्यकर्ताले नै सफा गरेको र महानगरलाई गाडी पठाउन अनुरोध गरिएको जानकारी दिँदै ब्यवस्थापनका लागि महानगरपालिकाले गाडी पठाउनुको साटो आरोप लगाउने काम गरेको भन्दै महासचिव पोखरेलले खेदजनक आरोप भन्नुभएको हो ।

‘कार्यक्रमपछि कार्यक्रम स्थल सरसफाई गरेर फोहर उठाउनका लागि महानगरलाई गाडी पठाउन अनुरोध गरिएको थियो । महानगरले अनुरोध स्विकार गरेर गाडी पठाउनुको साटो उल्टै फोहर गरेको आरोप लगाएको समाचार सुनियो,’ महासचिव पोखरेलले भन्नुभएको छ, ‘यो समाचार सत्य हो भने अत्यन्त दुःखद र खेदजनक विषय हो ।’

‘कार्यक्रमपछि कार्यक्रम स्थल सरसफाई गरेर फोहर उठाउनका लागि महानगरलाई गाडी पठाउन अनुरोध गरिएको थियो । महानगरले अनुरोध स्विकार गरेर गाडी पठाउनुको साटो उल्टै फोहर गरेको आरोप लगाएको समाचार सुनियो,’ महासचिव पोखरेलले भन्नुभएको छ, ‘यो समाचार सत्य हो भने अत्यन्त दुःखद र खेदजनक विषय हो ।’

पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) एमाले र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको बिचमा बिबाद छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  नवलपरासी । मृत्यु हुनेमध्ये जाजरकोटका भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँचजनाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको पहिचान खुलेको छ । नवलपरासी पूर्वमा बस दुर्घटना भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको […]

कपिलवस्तुको सुठौली नाकाबाट चेकजाँच बिनै बुलेट ट्रक भारत कसरी पुगेको आरोप कपिलवस्तु । भन्सार र सुरक्षा निकायको भूमिकामाथि प्रश्न, खुनुवा नाकामा पुगेपछि ठूलो परिमाणमा सामान बरामद, नेपालमा फ्लाई एश अनलोड गरी भारततर्फ जाँदै गरेका दुई भारतीय मालवाहक बुलेट ट्रकबाट खुनुवा नाकामा ठूलो परिमाणमा फर्सीको बीउ र बोक्रासहितको अखरोट बरामद भएपछि नेपालतर्फको सुठौली भन्सार नाका र […]

  काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबाट जिल्ला प्रहरी परिसर काठमाडौंको निरीक्षण तथा अनुगमन गर्नुभएको छ। उहाँले आसन्न चाडपर्व लक्षित विशेष सुरक्षा योजना एवं प्रहरी परिचालन बारे जानकारी लिई कार्यान्वयनको प्रभावकारिता अभिवृद्धिका लागि आवश्यक निर्देशन दिनुभएको छ।