१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
×

सरकारले धरहरा चढ्नका लागि प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क निर्धारण गर्‍यो

Logo
ABC-Sanchar प्रकाशित शनिबार, मंसिर ०८, २०८१

 

काठमाडौं । विद्यार्थी, ज्येष्ठ नागरिक बालबालिका अपाङ्गता भएका व्यक्तिलाई भने सो रकममा ५० प्रतिशत सहुलियत हुने सहरी विकास मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

यसअघि परीक्षणका रूपमा निःशुल्क धरहरा खुला गरिएको थियो । अब धरहरा व्यवस्थित रूपमा सशुल्क सञ्चालन गर्न लागिएको हो । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा हाललाई शुल्क लिई २०८१ मङ्सिर ९ गतेदेखि धरहरा सञ्चालन गर्न बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिँदै शुल्क पनि मन्त्रिपरिषद्ले नै स्वीकृत गरेको छ ।

सहरी विकास मन्त्रालयले गरेको प्रस्ताव अनुसार प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क तोकिएको छ भने सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति १हजार रुपैयाँ शुल्क तोकिएको छ। त्यस्तै धरहरामा पार्किङ गर्दा मन्त्रालयले चार पाङ्ग्रेका लागि प्रतिघण्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ तोकेको छ । धरहरा परिसरमा प्रवेशका लागि भने ५० रुपैयाँ तोकिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  नवलपरासी । मृत्यु हुनेमध्ये जाजरकोटका भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँचजनाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको पहिचान खुलेको छ । नवलपरासी पूर्वमा बस दुर्घटना भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको […]

कपिलवस्तुको सुठौली नाकाबाट चेकजाँच बिनै बुलेट ट्रक भारत कसरी पुगेको आरोप कपिलवस्तु । भन्सार र सुरक्षा निकायको भूमिकामाथि प्रश्न, खुनुवा नाकामा पुगेपछि ठूलो परिमाणमा सामान बरामद, नेपालमा फ्लाई एश अनलोड गरी भारततर्फ जाँदै गरेका दुई भारतीय मालवाहक बुलेट ट्रकबाट खुनुवा नाकामा ठूलो परिमाणमा फर्सीको बीउ र बोक्रासहितको अखरोट बरामद भएपछि नेपालतर्फको सुठौली भन्सार नाका र […]

  काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबाट जिल्ला प्रहरी परिसर काठमाडौंको निरीक्षण तथा अनुगमन गर्नुभएको छ। उहाँले आसन्न चाडपर्व लक्षित विशेष सुरक्षा योजना एवं प्रहरी परिचालन बारे जानकारी लिई कार्यान्वयनको प्रभावकारिता अभिवृद्धिका लागि आवश्यक निर्देशन दिनुभएको छ।