१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

टिका सानु र मानसिंङको दशैँ तिहार गित दाजु बहिनी १ सार्वजनिक

Logo
प्रकाशित बुधबार, आश्विन १५, २०७६

असोज १५,काठमाडौं । चर्चित लोकदोहोरी गायिका टिका सानु र लोकदोहोरी गायक मानसिंङ खड्काको दशैँ तिहार गीत दाजु बहिनी – १ मङ्गलबारबाट बजारमा आएको छ ।

राम प्रशाद सापकोटाको प्रस्तुती रहेको गीत दाजु बहिनी – १ गितमा चर्चित लोकदोहोरी गायक मानसिङ खड्का,गायिका टिका सानु , धनमाया नेपाली, र हुमा बि.क को स्वर रहेको छ भने सब्द टिका सानुकै रहेको छ ।

मानसिङ खड्काको लय रहेको उक्त गीतमा तिलक वलीले एरेन्ज गरेका छन । संकरा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा  मानसिंङ खाड्का कै निर्देशन रहेको छ भने सम्पादन राजकुमार मगरले गरेका छन् ।
एक गरिब परिवारको कथालाइ समेटर  दाजु बहिनी – १ गित  तयार  भएको छ ।  एक गरिव नेपाली पैसा कामाउने सपना बोकेर  खाडीमुलक पुगेको गीतमा देखाइएको छ । गीतमा भनिएको छ चर्किएको घरको सम्झना र साहुको रिन तिर्ने सपना बोकेर र दिन रात प्रदेशी भुमिमा प्ररिश्रम गरिरहेको छ ।
नेपालीहरुको महान चाड र गरिबकोको पिडा समेटेर गित तयार भएको छ । चुहिने घरको छानो र साहुको रिन तिर्ने सपना अपुरै रहेको गीतमा देखाइएको छ । पैसा कमाउने सपना बोकेर बिदेशिएको  शरिर लाशमा परिनत भै आउदाको पिडा भिडियोमा देखाइएको छ ।
टिका सानु,मानसिङ खड्का,धनमाया नेपाली,हुमा बि.क,सम्प्रीया खड्का लगायतको अभिनय रहेको गीतलाई सागर गौतमले छायाङ्कन् गरेका छन् ।
दाजु बहिनी १ गीत टिका सानुको युटुव च्यानलबाट सार्वजनिक भएको हो भने मोहन लामाको शृगार रहेको गीतको दृश्य निर्माण राजकुमार फिल्स प्रा.ली गरेको हो ।
हेर्नुहोस भिडियो :

https://www.youtube.com/watch?v=E7kMZVxszDQ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  काठमाडौं । काठमाडौं जिल्ला अदालतमा पति विष्णु सापकोटासँग सम्बन्धविच्छेदको मुद्दा दायर गरेको भोलिपल्ट शनिबार सामाजिक संजालमा भिडियो शेयर गर्दै उनले आफ्ना धारणा राखेकी छन् । आफूहरू दुईजना र परिवराले सोचेरै सम्बन्ध विच्छेद गर्ने निर्णय लिएको बताउँदै उनले राम्रोसँग कुरा गरेर छुटेको समेत उल्लेख गरेकी छन् । ‘कसैले पनि बिहे डिभोर्स हुन्छ भनेर गरेको हुन्न […]

error: Content is protected !!