१६ आश्विन २०८३, शुक्रबार
02-10-2026 , Fri
×

कास्की जिल्लाका न्यायाधीशले भनेः रविलाई मैले छाडे पनि अरु जिल्लाबाट पक्राउ पर्नुहुन्छ

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, मंसिर १०, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूलाई प्रहरी हिरासतमुक्त गर्न गरेको आग्रह कास्की जिल्ला अदालतले अस्वीकार गरेको छ ।
लामिछानेलाई कास्की प्रहरीले पाँचौपटक म्याद थपका लागि आइतबार अदालतमा पेश गरेको थियो ।

न्यायाधीश हिमलाल बेलबासेको इजलासले उनलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । लामिछानेले आफूलाई धरौटीमा रिहा गर्न माग गरेका थिए ।

न्यायाधीश बेलबासेले कास्कीबाट रिहा भए पनि अरु जिल्लामा लैजाने सम्भावना रहेको भन्दै म्याद थप गरिदिए । लामिछानेले आफू गृहमन्त्री भइसकेको र सांसदसमेत रहेकाले भागेर कतौ नजाने भन्दै बाहिरै बसेर अनुसन्धानमा सघाउने बताएका थिए ।

जवाफमा न्यायाधीश बेलबासेले अन्य जिल्लामा पनि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरमा मुद्धा भएकाले छाडे पनि फेरि पक्राउ गर्ने बताए ।

जिल्ला सरकारी वकिल कार्यालयकी न्यायाधिवक्ता कमला काफ्लेले लामिछानेसँगै अनुसन्धानमा रहेका नेपाल प्रहरीका पूर्वडीआईजी एवं गोर्खा मिडियाका सञ्चालक छविलाल जोशी, लिला पछाई र रामबहादुर खनालमाथि अनुसन्धान जारी रहेको तथा उनीहरूको मोबाइल परीक्षण प्रतिवेदन प्राप्त नभएकाले थप हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने बताएकी थिइन् ।

लामिछानेविरुद्ध रुपन्देही, चितवन र काठमाण्डु जिल्ला अदालतले पनि पक्राउ आदेश जारी गरेका छन् । सहकारी ठगी कसुरमा लामिछानेलाई गत २ कात्तिकमा काठमाण्डुबाट पक्राउ गरी पोखरा लगिएको थियो । उनलाई यसबीच एकपटक रुपन्देही लगेर बयान लिइएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । दुःखद घटना कपिलवस्तुको शिवराज नगरपालिका-१ चोरखोलामा शुक्रबार बिहान बस र ट्रक ठोक्किँदा बस चालक ३४ वर्षीय सुमन खत्रीको मृत्यु भएको छ। दुर्घटनामा केही यात्रु घाइते भएका छन्। घाइतेलाई उपचारका लागि  चन्द्रौटा लगिएको प्रहरीले जनाएको छ।

बाँके । नेपालगञ्ज उप-महानगरपालिका वडा नं. १० गणेशमान चोकस्थित नेपालगञ्ज भन्सार सडक खण्डमा सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यात्रा प्रवर्द्धनका लागि संयुक्त लापसे परीक्षण गरिएको छ। जिल्ला प्रहरी कार्यालय बाँके, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके, लागूऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज र लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगञ्जको सहकार्यमा गरिएको परीक्षणमा ४० वटा सवारीका चालक तथा सह-चालकलाई ड्रग […]

दाङ । घोराही उपमहानगरपालिका–१६ मघैस्थित प्रगतिशील टोल विकास संस्थाले गाउँमा रातको समयमा हुने अवाञ्छित गतिविधि नियन्त्रण तथा शान्ति–सुरक्षा कायम गर्न युवाहरूको सहभागितामा ‘मघै गाउँ सुरक्षा समिति’ गठन गरेको छ। टोल विकास संस्थाका अध्यक्ष मुनुलाल चौधरीको अध्यक्षता एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनको विशेष उपस्थितिमा सम्पन्न गाउँलेहरूको भेलाले सुरक्षा […]