१६ आश्विन २०८३, शुक्रबार
02-10-2026 , Fri
×

दाङको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, मंसिर १०, २०८१

 

दाङ । लमही मृत्यु हुनेमा सल्यानको बागचौर नगरपालिका–३ घर भई हाल तुलसीपुर–९ बेलुवा बस्ने ३० वर्षीय लिलाराम डाँगी रहेको इलाका प्रहरी कार्यालय लमहीका इन्सपेक्टर रकम खड्काले जानकारी दिए ।

लमही बजारबाट तुलसीपुरतर्फ जाँदै गरेको रा ७ प ४९५४ नम्बरको मोटरसाइकल रातोडाँडामा रहेको प्रहरीको ब्यारिकेडमा ठोक्किएर आज बिहान ४ बजेतिर दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार डाँगीको मृत्यु भएको थियो। उनलाई उपचारका लागि लमही अस्पतालमा लगिएकोमा प्रहरीले मृत घोषणा गरेका थिए। मोटरसाइकल चालक रोशक विकको अवस्था सामान्य छ । उनलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । दुःखद घटना कपिलवस्तुको शिवराज नगरपालिका-१ चोरखोलामा शुक्रबार बिहान बस र ट्रक ठोक्किँदा बस चालक ३४ वर्षीय सुमन खत्रीको मृत्यु भएको छ। दुर्घटनामा केही यात्रु घाइते भएका छन्। घाइतेलाई उपचारका लागि  चन्द्रौटा लगिएको प्रहरीले जनाएको छ।

बाँके । नेपालगञ्ज उप-महानगरपालिका वडा नं. १० गणेशमान चोकस्थित नेपालगञ्ज भन्सार सडक खण्डमा सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यात्रा प्रवर्द्धनका लागि संयुक्त लापसे परीक्षण गरिएको छ। जिल्ला प्रहरी कार्यालय बाँके, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके, लागूऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज र लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगञ्जको सहकार्यमा गरिएको परीक्षणमा ४० वटा सवारीका चालक तथा सह-चालकलाई ड्रग […]

दाङ । घोराही उपमहानगरपालिका–१६ मघैस्थित प्रगतिशील टोल विकास संस्थाले गाउँमा रातको समयमा हुने अवाञ्छित गतिविधि नियन्त्रण तथा शान्ति–सुरक्षा कायम गर्न युवाहरूको सहभागितामा ‘मघै गाउँ सुरक्षा समिति’ गठन गरेको छ। टोल विकास संस्थाका अध्यक्ष मुनुलाल चौधरीको अध्यक्षता एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनको विशेष उपस्थितिमा सम्पन्न गाउँलेहरूको भेलाले सुरक्षा […]