१६ आश्विन २०८३, शुक्रबार
02-10-2026 , Fri
×

प्रहरी प्रधान कार्यालयको आयोजनामा लाफ्टर फर लाईफ कार्यक्रम सम्पन्न

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, मंसिर १०, २०८१

 

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित ‘लाफ्टर फर लाईफ’ कार्यक्रम सम्पन्न भएको छ ।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक राईले प्रहरीले कर्तव्य पालनाको सिलसिलामा तनावको स्थिति सामना गर्नुपर्ने र आफ्नो दैनिकी व्यवस्थापनमा समेत समस्या भोग्ने गरेको हुँदा विशेष समय दिएर प्रहरीको दैनिक गतिविधिलाई मनोरञ्जनको रूपमा प्रस्तुत गरी साथ दिनुभएकोमा कलाकार समुहलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाली हाँस्य कलाकार सन्दीप क्षेत्रीलाई मायाको चिनो प्रदान गर्नुभयो ।

देश र जनताको सेवामा अहोरात्र खटिने नेपाल प्रहरीलाई प्रहरी कार्यको सम्मानको लागि तथा व्यस्त जीवनको क्षणलाई राम्रो विश्रामको अवसरको रूपमा परिणत गर्न नेपाली हाँस्य कलाकार सन्दीप क्षेत्री तथा उनको समूहले उक्त कार्यक्रम प्रस्तुत गरेको हो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरू एवम् प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । दुःखद घटना कपिलवस्तुको शिवराज नगरपालिका-१ चोरखोलामा शुक्रबार बिहान बस र ट्रक ठोक्किँदा बस चालक ३४ वर्षीय सुमन खत्रीको मृत्यु भएको छ। दुर्घटनामा केही यात्रु घाइते भएका छन्। घाइतेलाई उपचारका लागि  चन्द्रौटा लगिएको प्रहरीले जनाएको छ।

बाँके । नेपालगञ्ज उप-महानगरपालिका वडा नं. १० गणेशमान चोकस्थित नेपालगञ्ज भन्सार सडक खण्डमा सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यात्रा प्रवर्द्धनका लागि संयुक्त लापसे परीक्षण गरिएको छ। जिल्ला प्रहरी कार्यालय बाँके, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके, लागूऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज र लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगञ्जको सहकार्यमा गरिएको परीक्षणमा ४० वटा सवारीका चालक तथा सह-चालकलाई ड्रग […]

दाङ । घोराही उपमहानगरपालिका–१६ मघैस्थित प्रगतिशील टोल विकास संस्थाले गाउँमा रातको समयमा हुने अवाञ्छित गतिविधि नियन्त्रण तथा शान्ति–सुरक्षा कायम गर्न युवाहरूको सहभागितामा ‘मघै गाउँ सुरक्षा समिति’ गठन गरेको छ। टोल विकास संस्थाका अध्यक्ष मुनुलाल चौधरीको अध्यक्षता एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनको विशेष उपस्थितिमा सम्पन्न गाउँलेहरूको भेलाले सुरक्षा […]