१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
×

बच्चा नहुने महिलाहरुलाई पेटमा बच्चा दिने भनेर लाखौँ रकम ठग्ने धोङ्गी बाबा पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, मंसिर १२, २०८१

 

काठमाडौं । सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ५ स्थित बस्ने दुःखि ठाकुर धामी झाँक्रीलाई लहान प्रहरीले नियन्त्रणमा लिएको छ । महिलाहरुलाई पेटमा बच्चा हुने भनेर औषधी दिने गरेको र औषधी खाएपछि बच्चा नभएपछि महिलाहरुले उजुरी गरेको थियो ।

धनुषा, सिरहा, सप्तरी आदि जिल्लाका महिलाहरुलाई दुखी ठाकुरले बच्चा नहुने महिलाहरुलाई आफूले दिएको औषधी खाएपछि बच्चा हुने भनेर मन्त्र फुक्ने वापत ३५ हजारदेखि १ लाख रुपैयाँसम्म लिने गरेका थिए ।

कुनै कुनै महिलालाई पेटमा बच्चा हुने औषधीको नाममा सोहजन (शितलचीनी) को लस्सा खुवाउने गरेको एक महिलाले बताइन् । उनले त्यस वापत एक लाख रुपैयाँ दिएको बताइन्छ । पेटमा बच्चा हुनको लागि औषधीले सहयोग गर्ने भनेर झाँसा दिएर महिलाहरुलाई बेवकुफ बनाउँदै आएका ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ ।

लाखौं रुपैयाँ ठगेको धामी ठाकुरलाई लहान प्रहरीले पक्राउ गरि आज म्याद थप गरेको छ । बाँझोपन भएको महिलाहरु मिलि लहान प्रहरीमा जाहेरी दिएका थिए । सो जाहेरीका अधारमा धामीलाई ठगी मुद्दा लगाउँदै पक्राउ गरेको हो ।

सोहजनको लस्सा खुवाएपछि कैयाँै महिलाहरु विरामी पर्न थालेपछि उनीविरुद्ध उजुरी गरिएको बताइएको छ ।

तराई मधेशको विभिन्न जिल्लामा खास गरी गाउँमा धामी झाँक्रीको नाममा पेटमा बच्चा दिने भनेर लाखौ रकम ठग्ने गरेको छ । कुनै विरामी हुँदा डाक्टरभन्दा पहिले धामी कहाँ जाने परम्परा अझै कायम रहेको छ । यसलाई प्रशासनले भने नियमन गर्न सकेको छैनन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य बढाएर पठाए पनि निगमले हालकै खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिने निर्णय गरेको छ। निगमले बुधबार विज्ञप्ति जारी गर्दै आम उपभोक्ताको हित तथा चाडपर्वलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य नबढाउने निर्णय गरिएको जनाएको हो। आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० […]

बाँके । चाडपर्वको समयमा यात्रुको सुरक्षित, मर्यादित र भरपर्दो यात्रा सुनिश्चित गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेबाट प्रहरी नायब निरीक्षक दिपकराज गिरीको कमाण्डमा ८ जनाको टोली खटिएको थियो। टोलीले नेपालगञ्ज उप-महानगरपालिका वडा नं. २० राँझास्थित रत्न राजमार्गमा १७१ वटा सार्वजनिक सवारी साधन चेकजाँच गर्दा ६२ वटा अतिरिक्त सिट/मुढा फेला पारी निकालिएको छ। त्यस्तै ट्राफिक नियम […]

काठमाडौं । दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमानमा उडानकै क्रममा दुई पाइलटबीच झडप भएपछि विमान साउदी अरबमा आकस्मिक अवतरण गराइएको छ। फ्लाइट FZ1073 बोइङ ७३७ म्याक्स ८ विमान करिब ३४ हजार फिटको उचाइमा उडिरहेका बेला को-पाइलटले क्याप्टेनलाई चक्कुले आक्रमण गरेको बताइएको छ। झडपका क्रममा विमान एक मिनेटमै करिब १७ हजार फिट तल झरेको […]