१६ कार्तिक २०८३, आइतबार
01-11-2026 , Sun
×

च्याम्पियन्स लिगमा लिभरपुल र बार्सिलोनाकाे परिक्षा

Logo
प्रकाशित मंगलबार, कार्तिक १९, २०७६

कात्तिक १९, काठमाडौं । युईएफए च्याम्पियन्स लिग फुटबलमा आज (बुधबार) विभिन्न समूहको आठ खेल हुँदैछ ।

समूह चरण अन्तर्गत बुधबार साविक विजेता लिभरपुल, बार्सिलोना,चेल्सी, इन्टर मिलन, बोरुसिया डर्टमण्ड लगाएका ठुला क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

इन्लिश क्लब लिभरपुलले घरेलु मैदानमा जेन्कको सामना गर्नेछ । खेल नेपाली समय अनुसार राति १:४५ मा सुरु हुनेछ ।

एनफिल्डमा लिभरपुल सहज जित अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । समूह ‘ई’ दोस्रो स्थानमा रहेको लिभरपुलको ६ अंक रहेको छ । १ अंक जोडेको जेन्क पुछारमा रहेको छ ।

यस समूहमा इटालियन क्लब नापोली ७ अंक जोडेर शीर्ष स्थानमा छ । नापोलीले बुधबार नै साल्सबर्गसँग खेल्नेछ ।

यस्तै स्पेनिस क्लब बार्सिलोनाले स्लाभिया प्रहाको सामना गर्ने छ । दुई बीचको खेल नेपाली समय अनुसार राति ११:४० मा सुरु हुनेछ ।

समूह ‘एफ’ को बार्सिलोना पनि घरेलु मैदानम सहज जितको खोजीमा हुनेछ । तर, केहि खेलाडीको चोटले बार्सिलोनालाई सताएको छ ।

लुइस स्वारेज र आर्थर मेलोले चोट बोकेको कारण बार्सिलोना केहि समस्यामा हुनेछ । तर, स्यामुअल उमटिटी र उसमान डेम्बेले टिममा फर्किएका छन् ।

अघिल्ला ३ खेलमा ७ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा रहेको छ । १ अंक जोडेको स्लाभिया पुछारमा रहेको छ । स्लाभियाविरुद्ध बार्सिलोना शीर्ष स्थानको अग्रता कायम राख्ने योजनामा हुनेछ ।

यसै समूहको अर्को खेलमा बोरुसिया डर्टमण्ड र इन्टर मिलानबीच खेल हुनेछ । खेल राति १:४५ मा सुरु हुनेछ । दुवै टिम जित निकाल्दै अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।

चेल्सीले घरेलु मैदानमा आयाक्सको सामना गर्नेछ । खेल राति १: ५ बजे सुरु हुनेछ ।

समूह ‘एच’ को चेल्सी आयाक्सलाई हराउँदै शीर्ष स्थानमा उक्लन चाहन्छ । आयाक्स पनि चेल्सीलाई हराएर शीर्ष स्थान यतावत राख्न चाहन्छ ।

यस समूहमा ६ अंक जोडेको आयाक्स शीर्ष र ६ अंक जोडेको चेल्सी दोस्रो स्थानमा छ । यसै समूहको अर्को खेलमा भ्यालेन्सिया र लिलीबीच खेल हुनेछ ।

त्यस्तै समूह ‘जी’ अन्तर्गत आरबी लिपजिग र जेनीटबीच खेल हुनेछ । यसै समूहको अर्को खेलमा लियोन र बेन्फिकाबीच प्रतिस्पर्धा हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका-१ सौरीस्थित पूर्व-पश्चिम राजमार्गमा विपरीत दिशाबाट आएका दुईवटा विद्युतीय (EV) गाडीहरू आपसमा ठोक्किँदा दुर्घटना भएको छ। दुर्घटनामा ४ जना घाइते हुनुभएको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। प्रहरीका अनुसार दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि नजिकको अस्पतालमा लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको […]

एजेन्सी । भारतीय सञ्चारमाध्यमका अनुसार  उनले गोवामा अन्तिम सास फेरेका हुन्। नाना पाटेकरका छोरा मल्हार पाटेकरले बीबीसी मराठीकी सहयोगी पत्रकार प्राची प्रतिभा शिरीषसँग आफ्नो बुबाको मृत्युको पुष्टि गरेका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार बिहीबार बिहान गोवास्थित निवासमा हृदयघातका कारण नाना पाटेकरको निधन भएको हो। नाना पाटेकर अन्तिमपटक विशाल भारद्वाजको रोमान्टिक एक्सन थ्रिलर ओ’रोमियोमा देखिएका थिए, जसमा शाहिद कपुर र […]

  दार्चुला । नेपालको दार्चुलाबाट करिब १०० किलोमिटर पश्चिम भारतको उत्तराखण्ड केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । उक्त भूकम्पको धक्का नेपालको सुदूरपश्चिम क्षेत्रमा समेत महसुस गरिएको छ । आज (मंगलबार) राति १० बजेर ३८ मिनेटमा भारतको उत्तराखण्डलाई केन्द्रबिन्दु बनाएर ५.१ म्याग्निच्युडको भूकम्प गएको हो । नेपालको पश्चिमी सीमावर्ती जिल्ला दार्चुलाबाट करिब १०० किलोमिटर […]