१८ साउन २०८३, सोमबार
03-08-2026 , Mon
×

च्याम्पियन्स लिगमा लिभरपुल र बार्सिलोनाकाे परिक्षा

Logo
प्रकाशित मंगलबार, कार्तिक १९, २०७६

कात्तिक १९, काठमाडौं । युईएफए च्याम्पियन्स लिग फुटबलमा आज (बुधबार) विभिन्न समूहको आठ खेल हुँदैछ ।

समूह चरण अन्तर्गत बुधबार साविक विजेता लिभरपुल, बार्सिलोना,चेल्सी, इन्टर मिलन, बोरुसिया डर्टमण्ड लगाएका ठुला क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

इन्लिश क्लब लिभरपुलले घरेलु मैदानमा जेन्कको सामना गर्नेछ । खेल नेपाली समय अनुसार राति १:४५ मा सुरु हुनेछ ।

एनफिल्डमा लिभरपुल सहज जित अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । समूह ‘ई’ दोस्रो स्थानमा रहेको लिभरपुलको ६ अंक रहेको छ । १ अंक जोडेको जेन्क पुछारमा रहेको छ ।

यस समूहमा इटालियन क्लब नापोली ७ अंक जोडेर शीर्ष स्थानमा छ । नापोलीले बुधबार नै साल्सबर्गसँग खेल्नेछ ।

यस्तै स्पेनिस क्लब बार्सिलोनाले स्लाभिया प्रहाको सामना गर्ने छ । दुई बीचको खेल नेपाली समय अनुसार राति ११:४० मा सुरु हुनेछ ।

समूह ‘एफ’ को बार्सिलोना पनि घरेलु मैदानम सहज जितको खोजीमा हुनेछ । तर, केहि खेलाडीको चोटले बार्सिलोनालाई सताएको छ ।

लुइस स्वारेज र आर्थर मेलोले चोट बोकेको कारण बार्सिलोना केहि समस्यामा हुनेछ । तर, स्यामुअल उमटिटी र उसमान डेम्बेले टिममा फर्किएका छन् ।

अघिल्ला ३ खेलमा ७ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा रहेको छ । १ अंक जोडेको स्लाभिया पुछारमा रहेको छ । स्लाभियाविरुद्ध बार्सिलोना शीर्ष स्थानको अग्रता कायम राख्ने योजनामा हुनेछ ।

यसै समूहको अर्को खेलमा बोरुसिया डर्टमण्ड र इन्टर मिलानबीच खेल हुनेछ । खेल राति १:४५ मा सुरु हुनेछ । दुवै टिम जित निकाल्दै अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।

चेल्सीले घरेलु मैदानमा आयाक्सको सामना गर्नेछ । खेल राति १: ५ बजे सुरु हुनेछ ।

समूह ‘एच’ को चेल्सी आयाक्सलाई हराउँदै शीर्ष स्थानमा उक्लन चाहन्छ । आयाक्स पनि चेल्सीलाई हराएर शीर्ष स्थान यतावत राख्न चाहन्छ ।

यस समूहमा ६ अंक जोडेको आयाक्स शीर्ष र ६ अंक जोडेको चेल्सी दोस्रो स्थानमा छ । यसै समूहको अर्को खेलमा भ्यालेन्सिया र लिलीबीच खेल हुनेछ ।

त्यस्तै समूह ‘जी’ अन्तर्गत आरबी लिपजिग र जेनीटबीच खेल हुनेछ । यसै समूहको अर्को खेलमा लियोन र बेन्फिकाबीच प्रतिस्पर्धा हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]

error: Content is protected !!