१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
×

यातायात कार्यालय वीरगञ्जमा सेवाग्राहीलाई दुःख र हैरानी दिने १८ जना बिचौलिया पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, मंसिर १३, २०८१

यातायात कार्यालय वीरगञ्जमा सेवाग्राहीलाई दुःख र हैरानी दिने १८ जना बिचौलिया पक्राउ

पर्सा । प्रहरीका अनुसार उनीहरूले सेवाग्राहीलाई अनधिकृत रूपमा काम छिटो गरिदिन्छु भनी प्रलोभनमा पारी अत्यधिक शुल्क लिने र अनावश्यक झन्झट सिर्जना गर्ने गरेका थिए।

पक्राउ पर्नेको विवरण
पक्राउ परेका १८ जनामध्ये १४ जना वीरगञ्ज महानगरपालिकाका, एक जना भारतका, एक जना रौतहटका, एक जना पर्साका र एक जना गोरखाका छन्।

पक्राउ परेकाहरूको नामावली:
१. सञ्जीव गुप्ता (२१), बिन्दवासिनी गाउँपालिका-१
२. विजय साह (५१), वीरगञ्ज महानगरपालिका-८
३. बजरंगी महतो (१८), वीरगञ्ज महानगरपालिका-१०
४. राहुल महतो (२२), वीरगञ्ज महानगरपालिका-१०
५. विजय साह (३८), वीरगञ्ज महानगरपालिका-१०
६. फिरोज खान (२८), वीरगञ्ज महानगरपालिका-१०
७. जटाशंकर कुमार (२५), मोतिहारी, बिहार, भारत
८. नरेश साह सोनार (२५), माधवनारायण नगरपालिका-१, रौतहट
९. सुशान्त कुँवर (२६), गोरखा नगरपालिका-९
१०. प्रभु पटेल (३५), वीरगञ्ज महानगरपालिका-१०
११. सन्देश सिंह (३१), वीरगञ्ज महानगरपालिका-१५
१२. विकास पटेल (२०), वीरगञ्ज महानगरपालिका-१६
१३. जय पुजन ठाकुर (३१), वीरगञ्ज महानगरपालिका-११
१४. मनिष महतो (२३), वीरगञ्ज महानगरपालिका-११
१५. चन्दन कुमार चौरसिया (२२), वीरगञ्ज महानगरपालिका-११
१६. सन्तोष महतो (३५), वीरगञ्ज महानगरपालिका-११
१७. इद मियाँ धोबी (२३), वीरगञ्ज महानगरपालिका-१४
१८. सुरज भगत माली (४०), वीरगञ्ज महानगरपालिका-११

अनुसन्धान जारी
पर्सा प्रहरीका प्रवक्ता डिएसपी किशोर लम्सालका अनुसार पक्राउ परेकाहरूमाथि सार्वजनिक शान्तिविरुद्धको कसूरमा थप अनुसन्धान भइरहेको छ।

प्रहरीले यातायात कार्यालय र बसपार्क क्षेत्रलाई बिचौलियामुक्त बनाउने उद्देश्यसहित कारबाहीलाई निरन्तरता दिने बताएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य बढाएर पठाए पनि निगमले हालकै खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिने निर्णय गरेको छ। निगमले बुधबार विज्ञप्ति जारी गर्दै आम उपभोक्ताको हित तथा चाडपर्वलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य नबढाउने निर्णय गरिएको जनाएको हो। आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० […]

बाँके । चाडपर्वको समयमा यात्रुको सुरक्षित, मर्यादित र भरपर्दो यात्रा सुनिश्चित गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेबाट प्रहरी नायब निरीक्षक दिपकराज गिरीको कमाण्डमा ८ जनाको टोली खटिएको थियो। टोलीले नेपालगञ्ज उप-महानगरपालिका वडा नं. २० राँझास्थित रत्न राजमार्गमा १७१ वटा सार्वजनिक सवारी साधन चेकजाँच गर्दा ६२ वटा अतिरिक्त सिट/मुढा फेला पारी निकालिएको छ। त्यस्तै ट्राफिक नियम […]

काठमाडौं । दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमानमा उडानकै क्रममा दुई पाइलटबीच झडप भएपछि विमान साउदी अरबमा आकस्मिक अवतरण गराइएको छ। फ्लाइट FZ1073 बोइङ ७३७ म्याक्स ८ विमान करिब ३४ हजार फिटको उचाइमा उडिरहेका बेला को-पाइलटले क्याप्टेनलाई चक्कुले आक्रमण गरेको बताइएको छ। झडपका क्रममा विमान एक मिनेटमै करिब १७ हजार फिट तल झरेको […]