२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

गुगल म्यापले देखाएको बाटोमा आधा हिस्सा नभएको पुलबाट कार खसेर ३ जनाको मृत्यु

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, मंसिर १४, २०८१

 

काठमाडौं । नयाँ दिल्ली पछिल्लो समय गुगल म्याप हामीले निकै प्रयोग गर्ने एप बनेको छ । नयाँ ठाउँमा कतै जानु छ वा केही कार्यक्रममा पुग्नु छ भने सबैभन्दा पहिला हामी मोबाइलमा गुगल म्याप निकालेर सो ठाउँ खोज्छौँ । अझ कतिपय त कार, मोटरसाइकल वा स्कुटरमा गुगल म्याप खोली खोली त्यसैलाई हेरेर गन्तव्यसम्म पुग्छौँ पनि ।

कहिलेकाहीँ अगाडि जाने ठाउँ नै भएको बाटो वा जानै नसक्ने ठाउँमा पनि बाटो देखाएकोले फर्केर आउनु पर्दा समय बर्बाद भएको उदाहरण त हामी सबैसँग छ । यस्ता एपको भर पर्दा कहिलेकाहीँ ठुला दुर्घटनामा पनि पर्न सकिन्छ ।

भारतमा यस्तै घटना भएको छ । गुगल म्यापले देखाएको बाटो भएर कार चलाइरहँदा उत्तर प्रदेशमा तीन जना युवकको आधा हिस्सा नभएको पुलबाट कार खसेर मृत्यु भएको छ । यस घटनामाथि प्रहरीले अझै पनि छानबिन गरिरहेको छ । यो घटना यही आइतबारको हो ।

गुगल म्यापले देखाएको बाटो पछ्याउँदा उक्त कार दुर्घटनामा परेको बताइएको छ । पुलको आधा हिस्स यो वर्षको सुरुमा बाढीका कारण बगाएको थियो । स्थानीयहरूलाई पुलको अवस्था थाहा थियो ।

त्यसैले उनीहरू सकेसम्म यो पुल प्रयोग गर्दैनथे । तर ती तीन जना सो ठाउँका थिएनन् । बाहिरको भएकोले गुगल म्यापको भर परेर रातिको समयमा सोही पुल भएर जान खोज्दा दुर्घटनामा परेर र ज्यानै गुमाउनुपर्‍यो । पुलको मुखमा चेतावनी संकेत वा अवरोध पनि राखिएको थिए ।

यस घटनामा अधिकारीहरूले राज्यको सडक विभागका चार जना इन्जिनियर र गुगल म्यापका नाम नखुलेका एक अधिकारीमाथि सामूहिक हत्याको अभियोग चलाएका छन् । यस मामिलामा आफूले अधिकारीहरूसँग सहकार्य गरिPको गुगलका एक प्रवक्ताले बीबीसीलाई भनेका छन् ।

केहीले सही जानकारी नदिएको भन्दै एपलाई गाली गरिरहेका छन् भने अरुले यसको लागि सरकारलाई दोष दिइरहेका छन् । गलत बाटो देखाएको र कहिलेकाहीँ एपको भर पर्दा ज्यानै जाने गरी  दुर्घटना भएका घटना बेला बेलामा आइरहेका छन् । तर गुगल म्यापसँग सम्बन्धित यस्ता घटना दोहोरिने भने छाडेका छैनन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका – ८ लाहापे स्कुलमा बनेको नयाँ सौचालय अहिल्यै लथालिङ्ग अवस्थामा देखिन्छ । स्थानीयबासीको गुनासो आएपछि हामी एबिसी सञ्चारका भण्डाफाेर टिम स्थलगत रुपमा उक्त विद्यालयमा पुगेर हेर्दा दाताहरुले दिएको ठूलो धनराशि रकमबाट निर्मित राम्रोसँग निर्माण गरिएको देखिन्छ तर दु:खद कुरा भन्नुपर्दा सौचालय अत्यन्तै फ़ोहोर छ । कसिँगरले भरिएको, झ्याल […]

दाङ । पछिल्लो समय सामाजिक अभियानमा अति नै सक्रिय रहेको घोराही बनाउँ अभियानले आफ्नो योजनासहितको गीतको बोल सार्वजनिक गरेको छ। घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले उक्त गीत आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको हो । यआईको माध्यमबाट तयार पारिएको उक्त गीत घोराहीलाई कस्तो बनाउने भन्ने सवालमा केन्द्रित छ । महिला पुरुष दुवैको स्वर समावेश गीतमा […]

बाँके । *घटना विवरण:* – *मृतक*: विशाल चन्द ठकुरी – *घटना*: समूहबीच झडप हुँदा बियरका बोतल र चक्कुजस्ता धारिलो हतियार प्रयोग गरी आक्रमण – *समय*: मंगलबार बिहान करिब ५:०० बजे लम्कीचुहाबाट आएका साथीहरूसँग पुनः झडप भएको – *मृत्यु*: ज्यान जोगाउन भाग्ने क्रममा करिब १०० मिटर पछ्याएर फेरि आक्रमण गर्दा बाटोमै ढले। सञ्जीवनी कलेज अफ मेडिकल […]

error: Content is protected !!