१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
×

पुर्व गृहमन्त्री रवि लामिछानेलाई सरकारी वकिलको कार्यालय बयानको लागि लगियो,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, मंसिर १६, २०८१

पुर्व गृहमन्त्री रवि लामिछानेलाई सरकारी वकिलको कार्यालय बयानको लागि लगियो

काठमाडौं । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगीको अनुसन्धानका लागि उनलाई पोखराबाट गत बिहिबार काठमाण्डु ल्याइएको थियो । आइतबार सरकारी वकिलको कार्यालयमा उनको बयान चलिरहेको आदालत स्रोतले जानकारी दिएका छन ।

शुक्रबारदेखिनै उनको बयान सुरु गरिएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयमा शुक्रबार बिहान ९ बजेदेखि दिउँसो साढे ३ बजेसम्म उनको बयान चलेको थियो ।

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा लामिछानेविरुद्ध २ मंसिरमा पक्राउ अनुमति जारी भएको थियो । उनीसँगै पक्राउ अनुमति जारी भएका छविलाल जोशीलाई बयान लिएर प्रहरीले पोखरा फिर्ता पठाइसकेको छ ।

प्रहरीले पहिले स्वर्णलक्ष्मी सहकारीमा छापा मारेर केही कागजातहरू बरामद गरेको थियो, जसमा गाडी किन्न भनेर रवि लामिछाने र जिबी राईले दुई पटक गरेर ४६÷४६ लाख रुपैयाँ लिएको भेटिएको थियो । यसपछि उनी छानबिनको दायरामा तानिएका हुन् ।

पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अपचलन भएको प्रकरणमा प्रहरीले लामिछानेलाई २ कात्तिकमा प्रहरीले वनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरेको थियो ।

सुरुमा उनीमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान थालिएको थियो भने पछि कास्की प्रहरीले सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धान थालेको थियो । लामिछानेमाथि बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा सहकारी लगायतमा भएको रकम हिनामिनामा पनि अनुसन्धान भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य बढाएर पठाए पनि निगमले हालकै खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिने निर्णय गरेको छ। निगमले बुधबार विज्ञप्ति जारी गर्दै आम उपभोक्ताको हित तथा चाडपर्वलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य नबढाउने निर्णय गरिएको जनाएको हो। आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० […]

बाँके । चाडपर्वको समयमा यात्रुको सुरक्षित, मर्यादित र भरपर्दो यात्रा सुनिश्चित गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेबाट प्रहरी नायब निरीक्षक दिपकराज गिरीको कमाण्डमा ८ जनाको टोली खटिएको थियो। टोलीले नेपालगञ्ज उप-महानगरपालिका वडा नं. २० राँझास्थित रत्न राजमार्गमा १७१ वटा सार्वजनिक सवारी साधन चेकजाँच गर्दा ६२ वटा अतिरिक्त सिट/मुढा फेला पारी निकालिएको छ। त्यस्तै ट्राफिक नियम […]

काठमाडौं । दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमानमा उडानकै क्रममा दुई पाइलटबीच झडप भएपछि विमान साउदी अरबमा आकस्मिक अवतरण गराइएको छ। फ्लाइट FZ1073 बोइङ ७३७ म्याक्स ८ विमान करिब ३४ हजार फिटको उचाइमा उडिरहेका बेला को-पाइलटले क्याप्टेनलाई चक्कुले आक्रमण गरेको बताइएको छ। झडपका क्रममा विमान एक मिनेटमै करिब १७ हजार फिट तल झरेको […]