०७ माघ २०८१, सोमबार
20-01-2025 , Mon
×

प्रधानमन्त्री केपी शर्मा ओली आज हिमालयन एयरलाइन्सको चार्टर विमानबाट चीन जाँदै,

Logo
Abc Sanchar प्रकाशित सोमबार, मंसिर १७, २०८१

काठमाडौं । मङ्सिर २० गतेसम्म हुने जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा प्रधानमन्त्री ओली नेतृत्वको टोली आज बिहान ११ बजे हिमालय एयरालाइन्सको विशेष चार्टर विमानबाट स्थानीय समयअनुसार साँझ ६ः१० बजे चीनको राजधानी बेइजिङ पुग्नेछ ।

जनस्तर र सरकार–सरकारका बीचमा परम्परागत र मित्रवत् सम्बन्धको लामो इतिहास भएको नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिएको यस भ्रमणको सबै तयारी पूरा भइसकेको छ ।

आइतबार साँक्र भएको मन्त्रिपरिषद्को बैठकले भ्रमणका क्रममा हुने दुईपक्षीय कार्यसूची र सहयोगका क्षेत्रहरुलाई अन्तिमरुपमा दिइसकेको छ । भ्रमणमा सरकारीतर्फ ४६ र निजी क्षेत्रबाट ३२ गरी ७८ सदस्यको सहभागिता हुनेछ । बेइजिङस्थित नेपाली राजदूतावासबाट सरकारी प्रतिनिधिमण्डलमा आठ सदस्य थपिने छन् । सरकार टोलीका ४६ मध्ये दुई सदस्य तयारीका क्रममा चीन पुगिसकेका छन् ।

प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा काठमाडौँ चक्रपथ सुधार, चौथो चरणको अरनिको राजमार्ग सुधार, हिल्सा–सिमीकोट सडक आयोजना, कोरोला नाकालाई व्यवस्थित गर्ने विषयसँग सम्बन्धित आयोजना, टोखा–छहरे सुरुङ मार्गलगायत आयोजनामा एमओयु (लेटर अफ एक्सप्रेसन) हुने तय भएको छ ।

यसैगरी बिपी कोइराला क्यान्सर अस्पताल चितवनमा बोन म्यारो ट्रान्सप्लान उपचार पद्धति सुरु गर्नेलगायत आयोजना रहेका छन् । एक सय विद्युतीय गाडी, एक सय प्रहरी भ्यान, ५० स्कुल भ्यान, ५० एम्बुलेन्सका लागि पनि प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा सहमति हुनेगरी छलफल अघि बढेको छ ।

यस्तै सार्वजनिक सेवा प्रसारण संस्था (रेडियो नेपाल र नेपाल टेलिभिजन) र चाइना मिडिया ग्रुप (सिएमजी)बीच हुने ‘मेमोरेबल अन्डरस्ट्यान्डिङ’ विषयक समझदारी पत्रलाई मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।

नेपाल सरकार र चिनियाँ सरकारबीच नेपालमा स्वयंसेवी चिनियाँ भाषा शिक्षक तालिम कार्यक्रम परिचालनका लागि पनि सहमति हुनेछ । मन्त्रिपरिषद् बैठकले प्रस्तावित तीन सय मिलियन आरएमबी चिनियाँ युआन बराबरको आर्थिक तथा प्राविधिक अनुदान सहायता स्वीकार गर्न सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ ।

भ्रमणका क्रममा मङ्सिर १८ गते चिनियाँ समकक्षी छ्याङले प्रधानमन्त्री ओलीलाई स्वागत गर्नुहुनेछ भने तत्पश्चात् दुईपक्षीय वार्ता र हस्ताक्षर समारोह हुने कार्यक्रम रहेको छ । सोही दिन प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि जिनफङलाई भेट गर्नुहुनेछ । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेट हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा नेपालीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी निरीक्षक नेपालीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य सम्पादन गरेको हुँदा ‘महिनाको उत्कृष्ट घोषणा गरिएको प्रहरी उपरीक्षक नरेन्द्र चन्दद्धारा […]

ईप्रका रामपुर पाल्पाका प्रहरी निरीक्षक राम बहादुर नेपाली जिल्लाको सर्वोत्कृष्ट प्रहरी घोषित पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा नेपालीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी निरीक्षक नेपालीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य […]

  दाङ । डिजिटल मिडिया व्यापक विस्तार भएकाे छ । तर, समाजले निरन्तर डिजिटल मिडियाकाे विश्वसनीयतामाथि प्रश्न उठाइरहेकाे छ । डिजिटल मिडियाको तीव्र विकासले आम नागरिकले क्षणभरमै संसारका खबरहरू सहजै पाउन सकेका छन् । सहज तरिकाले आफ्ना कुराहरू अभिव्यक्त गर्न पाएका छन् । तर, समाजको एक तप्का एकाध मिडिया र मिडियाकर्मीका कमजोरीहरूलाई उचालेर समग्र मिडिया […]

error: Content is protected !!