२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

गाजामा इजरायली हवाई आक्रमणमा नागरिक सुरक्षाकर्मी र पत्रकारसहित ५४ जनाको मृत्यु

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, मंसिर १७, २०८१

 

काठमाडौं । दक्षिणी गाजामा, इजरायली ड्रोनले खान युनिसको दक्षिणी भागमा रहेको किजान अल–नज्जर क्षेत्रमा एउटा गाडी र भीडलाई निशाना बनाएको थियो। मेडिकल टोलीले १२ जनाको शव निकालेको र घाइतेहरूलाई अस्पतालमा सारिएको जनाएको छ।

उत्तरी गाजाको बेत लाहियाको ताल अल–जातर क्षेत्रमा अल–अराज परिवारको घरमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टाइनीको मृत्यु भएको नागरिक रक्षाले एक विज्ञप्तिमार्फत उल्लेख गरेको छ।

साथै, ठूलो सङ्ख्यामा पीडितहरू अझै पनि भग्नावशेषमा फसेका छन् र नागरिक रक्षा र चिकित्सा कर्मचारीहरूको अभावका कारण उनीहरूलाई बाहिर निकाल्न गाह्रो छ।

सिभिल डिफेन्सले पनि जबलिया शिविरमा रहेको आवासीय घरहरूलाई निशाना बनाएर इजरायली हवाई आक्रमणमा आफ्ना एक अधिकारीको मृत्यु भएको बताएको छ।

यसैबीच, हमासद्वारा सञ्चालित गाजाको मिडिया कार्यालयले विज्ञप्तिमार्फत हमासद्वारा सञ्चालित अल-अक्सा टीभीका लागि काम गर्ने पत्रकारको गाजाको ब्याप्टिस्ट अस्पतालको पार्किङमा गोली लागेर मृत्यु भएको जानकारी दिएको छ। इजरायली सेनाले आक्रमणको बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

इजरायलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायली सिमाना मार्फत हमासको आक्रमणको बदला लिन गाजा पट्टीमा हमास विरुद्ध ठूलो मात्रामा आक्रमण शुरु गरेको छ। यसमा लगभग १२ सय मानिसहरू मारिएका थिए।

गाजामा जारी इजरायली आक्रमणबाट प्यालेष्नीको मृत्यु हुनेको सङ्ख्या ४४ हजार ३८२ पुगेको छ। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]