काठमाडौं । दक्षिणी गाजामा, इजरायली ड्रोनले खान युनिसको दक्षिणी भागमा रहेको किजान अल–नज्जर क्षेत्रमा एउटा गाडी र भीडलाई निशाना बनाएको थियो। मेडिकल टोलीले १२ जनाको शव निकालेको र घाइतेहरूलाई अस्पतालमा सारिएको जनाएको छ।
उत्तरी गाजाको बेत लाहियाको ताल अल–जातर क्षेत्रमा अल–अराज परिवारको घरमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टाइनीको मृत्यु भएको नागरिक रक्षाले एक विज्ञप्तिमार्फत उल्लेख गरेको छ।
साथै, ठूलो सङ्ख्यामा पीडितहरू अझै पनि भग्नावशेषमा फसेका छन् र नागरिक रक्षा र चिकित्सा कर्मचारीहरूको अभावका कारण उनीहरूलाई बाहिर निकाल्न गाह्रो छ।
सिभिल डिफेन्सले पनि जबलिया शिविरमा रहेको आवासीय घरहरूलाई निशाना बनाएर इजरायली हवाई आक्रमणमा आफ्ना एक अधिकारीको मृत्यु भएको बताएको छ।
यसैबीच, हमासद्वारा सञ्चालित गाजाको मिडिया कार्यालयले विज्ञप्तिमार्फत हमासद्वारा सञ्चालित अल-अक्सा टीभीका लागि काम गर्ने पत्रकारको गाजाको ब्याप्टिस्ट अस्पतालको पार्किङमा गोली लागेर मृत्यु भएको जानकारी दिएको छ। इजरायली सेनाले आक्रमणको बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
इजरायलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायली सिमाना मार्फत हमासको आक्रमणको बदला लिन गाजा पट्टीमा हमास विरुद्ध ठूलो मात्रामा आक्रमण शुरु गरेको छ। यसमा लगभग १२ सय मानिसहरू मारिएका थिए।
गाजामा जारी इजरायली आक्रमणबाट प्यालेष्नीको मृत्यु हुनेको सङ्ख्या ४४ हजार ३८२ पुगेको छ। एजेन्सी