२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

नेपाल प्रहरीका डीआईजीहरुको सरुवा, सहमतिको लागि निर्वाचन आयोगमा पुग्यो फाइल

Logo
प्रकाशित शनिबार, कार्तिक २३, २०७६

कात्तिक २३, काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका केही डीआईजीहरुको सरुवाको तयारी थालेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी शैलेश थापा क्षेत्री, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का डीआईजी निरजबहादुर शाही र अपराध अनुसन्धान विद्यालयका डीआईजी रामप्रसाद श्रेष्ठको एकवर्षे कार्यकाल पूरा भइसकेकोले गृह मन्त्रालयले सरुवाको गृहकार्य अगाडि बढाएको हो ।

उच्च स्रोतका अनुसार गण्डकी प्रदेश प्रहरी प्रमुख रहेका डीआईजी विनोद शर्मा घिमिरेको पनि सरुवा हुँदै छ । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको आचारसंहिता लागू भइसकेको कारण प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले निर्वाचन आयोगमा सहमतिको लागि सरुवा सम्बन्धी फाइल पेश गरिसकेको छ । गण्डकी प्रदेशका डीआईजी घिमिरेको कार्यकाल करिब पाँच महिना मात्रै पुगेको छ । गत जेठ ३१ गते गण्डकी प्रदेश प्रहरी प्रमुखमा सरुवा भएका घिमिरे कार्यसम्पादन तथा कमाण्ड कन्ट्रोलमा कमजोर देखिएको भन्दै त्यहाँबाट फिर्ता गर्न लागिएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार प्रहरी महानिरीक्षक (आईजी) सर्वेन्द्र खनालले महानगरीय प्रहरी कार्यालयको प्रमुखमा सिनियर मध्येका डीआईजीलाई पठाउने चाहना देखाएका छन् । गृह मन्त्रालयले आईजी खनालको चाहना बमोजिम महानगरीय प्रहरी कार्यालयको प्रमुखमा डीआईजी केदार रिजाल र केन्द्रीय अनुसन्धान ब्युरोको प्रमुखमा हालका प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेललाई पठाउने तयारी थालेको छ । यद्यपि डीआईजी पोखरेल सकेसम्म महानगरीय प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारीमा जाने इच्छा देखाएको प्रहरी मुख्यालय स्रोतले बतायो ।

सीआईबीका (कार्यकारी निर्देशक) डीआईजी निरजबहादुर शाहीलाई अपराध अनुसन्धान विद्यालय पठाएर महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीलाई पुनः नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी दिने तयारी छ । शिष्ट र शालीन स्वभावका उनी चौध महिना अगाडि एसएसपीको रुपमा नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा थिए ।

त्यस्तै गण्डकी प्रदेश प्रहरी प्रमुखमा डीआईजी नारायणसिंह खड्का र डीआईजी सूर्यप्रसाद उपाध्याय मध्ये एकजनालाई पठाउने तयारी थालिएको स्रोतले जानकारी दियो । खड्का प्रहरी प्रधान कार्यालय अन्तर्गत प्रबन्ध निर्देशनालयको प्रमुख छन् भने उपाध्याय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको प्रमुखको रुपमा कार्यरत छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!