२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपाल प्रहरीका डीआईजीहरुको सरुवा, सहमतिको लागि निर्वाचन आयोगमा पुग्यो फाइल

Logo
प्रकाशित शनिबार, कार्तिक २३, २०७६

कात्तिक २३, काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका केही डीआईजीहरुको सरुवाको तयारी थालेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी शैलेश थापा क्षेत्री, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का डीआईजी निरजबहादुर शाही र अपराध अनुसन्धान विद्यालयका डीआईजी रामप्रसाद श्रेष्ठको एकवर्षे कार्यकाल पूरा भइसकेकोले गृह मन्त्रालयले सरुवाको गृहकार्य अगाडि बढाएको हो ।

उच्च स्रोतका अनुसार गण्डकी प्रदेश प्रहरी प्रमुख रहेका डीआईजी विनोद शर्मा घिमिरेको पनि सरुवा हुँदै छ । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको आचारसंहिता लागू भइसकेको कारण प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले निर्वाचन आयोगमा सहमतिको लागि सरुवा सम्बन्धी फाइल पेश गरिसकेको छ । गण्डकी प्रदेशका डीआईजी घिमिरेको कार्यकाल करिब पाँच महिना मात्रै पुगेको छ । गत जेठ ३१ गते गण्डकी प्रदेश प्रहरी प्रमुखमा सरुवा भएका घिमिरे कार्यसम्पादन तथा कमाण्ड कन्ट्रोलमा कमजोर देखिएको भन्दै त्यहाँबाट फिर्ता गर्न लागिएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार प्रहरी महानिरीक्षक (आईजी) सर्वेन्द्र खनालले महानगरीय प्रहरी कार्यालयको प्रमुखमा सिनियर मध्येका डीआईजीलाई पठाउने चाहना देखाएका छन् । गृह मन्त्रालयले आईजी खनालको चाहना बमोजिम महानगरीय प्रहरी कार्यालयको प्रमुखमा डीआईजी केदार रिजाल र केन्द्रीय अनुसन्धान ब्युरोको प्रमुखमा हालका प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेललाई पठाउने तयारी थालेको छ । यद्यपि डीआईजी पोखरेल सकेसम्म महानगरीय प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारीमा जाने इच्छा देखाएको प्रहरी मुख्यालय स्रोतले बतायो ।

सीआईबीका (कार्यकारी निर्देशक) डीआईजी निरजबहादुर शाहीलाई अपराध अनुसन्धान विद्यालय पठाएर महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीलाई पुनः नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी दिने तयारी छ । शिष्ट र शालीन स्वभावका उनी चौध महिना अगाडि एसएसपीको रुपमा नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा थिए ।

त्यस्तै गण्डकी प्रदेश प्रहरी प्रमुखमा डीआईजी नारायणसिंह खड्का र डीआईजी सूर्यप्रसाद उपाध्याय मध्ये एकजनालाई पठाउने तयारी थालिएको स्रोतले जानकारी दियो । खड्का प्रहरी प्रधान कार्यालय अन्तर्गत प्रबन्ध निर्देशनालयको प्रमुख छन् भने उपाध्याय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको प्रमुखको रुपमा कार्यरत छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!