१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
×

इन्सपेक्टर सञ्जय बुचामाथि महिला प्रहरी जवानले यौन शोषणको आरोप लगाएकी छिन

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, मंसिर १९, २०८१

 

काठमाडौं । नेपाल प्रहरीमा बदनाम भएर विभिन्न काण्ड मच्चाएर पछिल्लो पटक ललितपुरको भैसेपाटी हनि ट्र्याप प्रकरणमा मुछिएपछि निलम्बित भएर अदालतको मुद्दा खेपिरहेकी इन्सपेक्टर बिनुकुमारी शाहीपछि अर्का इन्सपेक्टर विवादमा तानिएका छन्।

इन्सपेक्टर शाहीमाथि हनि ट्र्याप गिरोहसँग मिलेर एक व्यवसायीलाई बलात्कार मुद्दामा फसाउने भन्दै लाखौं असुलेको मुद्दामा पक्राउ पूर्जी जारी भएर संगठित अपराधविरुद्धको कसुरमा मुद्दा नै चलाइएको छ। यद्यपि उनी झन्डै २ महिनादेखि फरार छिन्। यता शाहीपछि एक अर्का प्रहरी निरीक्षक (इन्सपेक्टर) र महिला जवानको लिभिङ टुगेदर काण्डले यतिबेला नेपाल प्रहरीभित्र खैलाबैला मच्चिएको छ।

प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा कार्यरत इन्सपेक्टर सञ्जय बुचामाथि एक महिला प्रहरी जवानले यौनशोषणको आरोप लगाएकी छन्। इन्सपेक्टर बुचाले सुरुमा बिहेको प्रलोभन देखाउँदै शारिरीक सम्बन्ध राख्न बाध्य पारेको उनको भनाई छ। तर अहिले अन्तरजातीय बिहे गर्न नसक्ने भन्दै पन्छिन खोजेको पीडित भनिएकी महिला जवानको आरोप छ।

बुचाले ती जवानलाई दोलखा, रामेछाप र रसुवाको जिल्ला प्रहरी कार्यालयमा आफ्नो श्रीमती भनेर चिनाएको बताइन्छ। यौन सन्तुष्टी पूरा भएपछि अहिले बुचाले आफूलाई श्रीमतीको हैसियत दिन नखोजेको र अनेक बहानामा भागिरहेको महिलाको आरोप छ।

‘तल्लो दर्जाको कर्मचारीलाई प्रलोभनमा पारेर यौनशोषण गरेको’ भन्दै ती महिलाले बुचाविरुद्ध प्रहरी हेडक्वार्टरमा समेत उजुरी दिएकी थिइन्। स्रोतका महिलाले गत जेठ २७ गते शारीरिक सम्बन्ध राख्न बाध्य पारेको, त्यसपछि लगातार सम्बन्ध राख्न नपाएसम्म गाली गर्ने, झगडा गर्ने, मानसिक तनाव दिने, यौन सन्तुष्टिका लागि विभिन्न प्रकारका औषधि प्रयोग गरी यातना दिनेलगायतका आरोप लगाउदै उजुरी दर्ता गराएकी थिइन्।

यसबारे (बुचा)ले पनि आफूहरु लिभिङ टुगेदरमा बसेको सत्य भनेर स्वीकार गरेको बताइएको छ। तर महिलाले भनेजस्तो शोषण गरेको, यातना दिएको कुरो अस्वीकार गरेका छन्।

महिलाले अर्कै प्रेमी बनाएपछि आफू टाढिएको बुचाको भनाई छ। उता प्रहरी हेडक्वार्टरको उजुरी शाखाले यस विषयमा छानबिन गरिरहेको जनाएको छ। महेन्द्रनगर पोस्टबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य बढाएर पठाए पनि निगमले हालकै खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिने निर्णय गरेको छ। निगमले बुधबार विज्ञप्ति जारी गर्दै आम उपभोक्ताको हित तथा चाडपर्वलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य नबढाउने निर्णय गरिएको जनाएको हो। आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० […]

बाँके । चाडपर्वको समयमा यात्रुको सुरक्षित, मर्यादित र भरपर्दो यात्रा सुनिश्चित गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेबाट प्रहरी नायब निरीक्षक दिपकराज गिरीको कमाण्डमा ८ जनाको टोली खटिएको थियो। टोलीले नेपालगञ्ज उप-महानगरपालिका वडा नं. २० राँझास्थित रत्न राजमार्गमा १७१ वटा सार्वजनिक सवारी साधन चेकजाँच गर्दा ६२ वटा अतिरिक्त सिट/मुढा फेला पारी निकालिएको छ। त्यस्तै ट्राफिक नियम […]

काठमाडौं । दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमानमा उडानकै क्रममा दुई पाइलटबीच झडप भएपछि विमान साउदी अरबमा आकस्मिक अवतरण गराइएको छ। फ्लाइट FZ1073 बोइङ ७३७ म्याक्स ८ विमान करिब ३४ हजार फिटको उचाइमा उडिरहेका बेला को-पाइलटले क्याप्टेनलाई चक्कुले आक्रमण गरेको बताइएको छ। झडपका क्रममा विमान एक मिनेटमै करिब १७ हजार फिट तल झरेको […]