२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ जनालाई विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता,

Logo
प्रकाशित शुक्रबार, मंसिर २१, २०८१

 

काठमाडौं । आयोगले पशुपन्छी बजार निर्देशनालय हरिहर भवनका कार्यक्रम निर्देशक डा. बलराम थापा क्षेत्रीसहित सात जनालाई प्रतिवादी बनाएर पहिलो मुद्दा दायर गरेको छ ।

यस मुद्दाका प्रतिवादीलाई अछामको साँफेबगरमा हिलसाइड पोलिटेक्निक इन्स्टिच्युट निर्माणका क्रममा प्रक्रिया नपु¥याई रकम दिएको आरोप लगाइएको छ । यस कार्यमा संलग्न भएको आरोपमा आयोगले थापासहित निर्देशनालयका लेखा अधिकृत रामप्रसाद बजगाई, पशु विकास अधिकृत पूजा शर्मा, जिल्ला पशुसेवा कार्यालय अछामका पशु विकास अधिकृत विश्वेश्वरप्रसाद खनाल, हिलसाइड पोलिटेक्निक इन्स्टिच्युट प्रालिका अध्यक्ष लोकबहादुर बोहरा, कार्यालय व्यवस्थापक सुरतबहादुर भुल, इन्जिनियर पुष्कर भण्डारीविरुद्ध पनि मुद्दा दायर गरेको छ । उहाँहरूको आपसी मिलोमतो तथा योजनामा गैरकानुनी लाभ तथा नेपाल सरकार/सार्वजनिक संस्थालाई हानि नोक्सानी गर्ने बदनियतले उक्त कार्य गरेको आयोगले दाबी गरेको छ ।

उहाँहरू सबैलाई ४४ लाख ४२ हजार रुपियाँ बिगो तथा भ्रष्टाचार निवारण ऐन अनुसार कारबाही माग गरिएको आयोगले जनाएको छ । त्यस्तै सिराहाको धनगढीमाई नगरपालिकाले बिक्रेतासँग औषधी खरिद नगरी बिल बनाएर दाखिला नगरी रकम निकासा गरेको आरोपमा आयोगले उक्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगालेसहित पाँच जनाविरुद्ध अर्को मुद्दा दायर गरेको छ ।

उक्त नगरपालिकाको आर्थिक वर्ष २०७८/७९ मा आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवाका औषधी खरिदका लागि सरकारको ससर्त अनुदान शीर्षकबाट विनियोजित रकममध्ये १७ प्रकारका औषधी पत्रिकामा प्रकाशित मूल्यभन्दा बढी मूल्य राखी खरिद गरे/गराएको, पाँचप्रकारका औषधी पत्रिकामा प्रकाशित औषधीको मूल्यसूचीभन्दा बाहिरको औषधी खरिद गरेको तथा सार्वजनिक खरिद नियमावली–२०६४ को प्रावधानलाई पूर्ण पालना नगरेको आयोगले दाबी गरेको छ ।

यस काममा संलग्न भएको आरोपमा आयोगले नगरपालिकाका लेखा अधिकृत पुरुषोत्तमकुमार प्रसाद, स्वास्थ्य शाखाका प्रमुख सुरैत चौधरी, नगरपालिकाका तत्कालीन जिन्सी शाखाका प्रमुख सम्पैत यादव, हेल्पिङ मल्टिपर्पोज प्रालिका प्रबन्ध निर्देशक माधवप्रसाद गौतमविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

प्रतिवादी सबैलाई जनही चार लाख ६० हजार ४१० रुपियाँ बिगो र भ्रष्टाचार निवारण ऐन अनुसार कारबाही माग गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बुटवल । *कार्यक्रम विवरण:* *मिति*: २०८३ साल वैशाख २३ गते – *स्थान*: नेपाल प्रहरी विशेष सुरक्षा गण, सुनवल, नवलपरासी पश्चिम – *भ्रमण गर्ने*: प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर वि.क., प्रमुख प्रदेश समन्वय विभाग, नेपाल प्रहरी प्रधान कार्यालय – *स्वागत गर्ने*: लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भुपेन्द्र बहादुर खत्री *मुख्य गतिविधि:* 1. *नमुना अभ्यास […]

बागलुङ । नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज दिनकै बजारका व्यापारीको बास हुन्छ। स्थानीय जातका केराको खोजीमा बागलुङ र कुश्मा बजारका व्यापारी दिनदिनै उहाँको बारी धाउँछन्। पछिल्लो छ महिनायता लीलाधर र उहाँको गाउँका किसानले केरा बेच्नका लागि बजार जानु परेको छैन। घरघरमै दिनदिनै आउने व्यापारीले केरा आफैँ खोज्छन्, आफैँले काट्छन् र गन्ती गरेपछि केराकै […]

काठमाडौं । सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले आज सूचना जारी गर्दै उनीहरुलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन आग्रह गरेको छ। उनीहरु नेपालका विभिन्न इकाइबाट बिदा तथा आफूखुसी लाइन ब्यारेक छाडी भागि गैर हाजिर रहेको सूचनामा उल्लेख छ। ‘गैर हाजिर रहेकाहरू कुनै पनि किसिमको सम्पर्कमासमेत नरहेकाले यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैर हाजिर […]

error: Content is protected !!