१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

नेपाल प्रहरीका २ डीआईजी एआईजीमा बढुवा गर्ने गृहकार्य सुरु,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, मंसिर २१, २०८१

काठमाडौं । नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक एआईजीको दुई दरबन्दी एक साताभित्र रिक्त हुने भएको छ। एआईजी भीमप्रसाद ढकाल र केदार ढकाल उमेर हदका कारण अवकाश हुन लागेका हुन्।

केदार मंसिर २२ गते र भीमप्रसाद २८ गते अनिवार्य अवकाश हुनेछन्। एआईजीमा बढुवा भएको एक महिना पनि नहुँदै केदार ढकाल अवकाश हुन लागेका हुन्। ढकालद्वयको अवकाशपछि रिक्त हुने एआईजीमा दुर्गा सिंह र भरतबहादुर बोहरालाई बढुवा गर्ने सरकारको तयारी छ। केदार ढकाललाई एआईजी बनाउनका लागि यसअघि सिंहलाई छुटाइएको थियो।

ढकाल अवकाशमा जाने भएकाले उनलाई बढुवा दिन दुर्गा सिंह र कुवेर कडायत अगाडि भए पनि बढुवा भएका थिएनन। तर यसपटक सिंहलाई एआईजीमा बढुवा गर्ने तयारी छ। सिंह हाल गण्डकी प्रदेश प्रहरी कार्यालयको प्रमुख छन्।

तर, कडायत भने यसपटक पनि एआईजी बन्ने सम्भावना कम छ। अब रिक्त हुने एआईजीमा भरतबहादुर बोहरालाई बढुवा गर्ने तयारी छ। हाल उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख रहेका बोहरा पनि अवकाश हुन लागेका छन्। उमेर हदका कारण पुस १४ गते उनी अनिवार्य अवकाश हुनेछन्। उनी अवकाश भएपछि मात्रै कुवेर कडायतलाई एआईजी बनाउने सरकारको तयारी छ।

पुस १६ गते अर्को पनि एआईजीको दरबन्दी खाली हुनेछ। काठमाडौँ उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी किरण बज्राचार्य पनि अनिवार्य अवकाश हुनेछिन्। बज्राचार्य र बोहरा अवकाश भएपछि फेरि कडायतसहित दुईजना एआईजीमा बढुवा हुनेछन्।

प्रहरी महानिरीक्षक कुँवरले आफ्ना ब्याचीलाई सकेसम्म बढुवा गर्ने नीति लिएका छन्। यसअघि किरण राणा २ दिनका लागि एआईजी भएकी थिइन्। उनलाई अवकाश हुने अघिल्लो दिन मात्रै एआईजीमा बढुवा गरिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य बढाएर पठाए पनि निगमले हालकै खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिने निर्णय गरेको छ। निगमले बुधबार विज्ञप्ति जारी गर्दै आम उपभोक्ताको हित तथा चाडपर्वलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य नबढाउने निर्णय गरिएको जनाएको हो। आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० […]

बाँके । चाडपर्वको समयमा यात्रुको सुरक्षित, मर्यादित र भरपर्दो यात्रा सुनिश्चित गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेबाट प्रहरी नायब निरीक्षक दिपकराज गिरीको कमाण्डमा ८ जनाको टोली खटिएको थियो। टोलीले नेपालगञ्ज उप-महानगरपालिका वडा नं. २० राँझास्थित रत्न राजमार्गमा १७१ वटा सार्वजनिक सवारी साधन चेकजाँच गर्दा ६२ वटा अतिरिक्त सिट/मुढा फेला पारी निकालिएको छ। त्यस्तै ट्राफिक नियम […]

काठमाडौं । दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमानमा उडानकै क्रममा दुई पाइलटबीच झडप भएपछि विमान साउदी अरबमा आकस्मिक अवतरण गराइएको छ। फ्लाइट FZ1073 बोइङ ७३७ म्याक्स ८ विमान करिब ३४ हजार फिटको उचाइमा उडिरहेका बेला को-पाइलटले क्याप्टेनलाई चक्कुले आक्रमण गरेको बताइएको छ। झडपका क्रममा विमान एक मिनेटमै करिब १७ हजार फिट तल झरेको […]