२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

आइतबार र साेमवार पानी पर्ने अनुमान,

Logo
Abc Sanchar प्रकाशित शनिबार, मंसिर २२, २०८१

 

काठमाडौं । मौसमविद रोजन लामिछानेका अनुसार पश्चिमी वायुको असरले आइतवार र सोमवार हल्का पानी पर्ने सम्भावना छ ।

विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

आज पनि कोशी प्रदेशको पहाडी भू-भागको एक-दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी र बाग्मती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहेको महाशाखाले निकालेको मौसम बुलेटिनमा उल्लेख छ । अहिले गण्डकी र लुम्बिनी प्रदेशका पहाडी, तराई र उपत्यकाका केही ठाउँमा हुस्सु लागेको छ ।

आउँदो २४ घण्टामा कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई ठाउँमा वर्षाको साथै भोलि बिहान तराई तथा उपत्यका धेरै ठाउँहरुमा हुस्सु र केही ठाउँहरुमा कुहिरोको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]