१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
×

बिरामी बोकेको एम्बुलेन्सबाट लागुपदार्थ सहित एकजना पक्राउ ,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, मंसिर २३, २०८१

 

काठमाडौं । महोत्तरीको बर्दिवासबाट बिरामी बोकेर बिपी राजमार्ग हुँदै काठमाडौंतर्फ जाँदै गरेको ज.१च १९०८ नम्बरको एम्बुलेन्सबाट प्रहरीले शुक्रबार राति चेकजाँचका क्रममा अवैध लागुपदार्थ बरामद गरेको छ। काभ्रे जिल्लाको रोशी गाउँपालिका–९ स्थित इलाका प्रहरी कार्यालय मंगलटारको सवारी चेकपोस्टअगाडि प्रहरी चेकजाँचका क्रममा एम्बुलेन्सबाट लागुपदार्थ बरामद भएको हो।

एम्बुलेन्सचालक धनुषा जिल्ला धनुषाधाम नगरपालिका–६, हरिहरका ४४ वर्षीय सुरेश मिझारलाई प्रहरीले पक्राउ गरेको छ। चालक मिझारलाई जिल्ला अदालत काभ्रेबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार प्रहरी टोलीले चालकको पछाडि झोलामा नुफिल लेखिएको दुई मिलिलिटरको एक हजार एम्फुल, डाइजिफाम दुई मिलिलिटरको एक हजार एम्फुल, फेनेरेगान लेखिएको दुई मिलिलिटरको एक हजार एम्फुल गरी जम्मा तीन हजार एम्फुल लागुपदार्थ बरामद गरेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य बढाएर पठाए पनि निगमले हालकै खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिने निर्णय गरेको छ। निगमले बुधबार विज्ञप्ति जारी गर्दै आम उपभोक्ताको हित तथा चाडपर्वलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य नबढाउने निर्णय गरिएको जनाएको हो। आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० […]

बाँके । चाडपर्वको समयमा यात्रुको सुरक्षित, मर्यादित र भरपर्दो यात्रा सुनिश्चित गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेबाट प्रहरी नायब निरीक्षक दिपकराज गिरीको कमाण्डमा ८ जनाको टोली खटिएको थियो। टोलीले नेपालगञ्ज उप-महानगरपालिका वडा नं. २० राँझास्थित रत्न राजमार्गमा १७१ वटा सार्वजनिक सवारी साधन चेकजाँच गर्दा ६२ वटा अतिरिक्त सिट/मुढा फेला पारी निकालिएको छ। त्यस्तै ट्राफिक नियम […]

काठमाडौं । दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमानमा उडानकै क्रममा दुई पाइलटबीच झडप भएपछि विमान साउदी अरबमा आकस्मिक अवतरण गराइएको छ। फ्लाइट FZ1073 बोइङ ७३७ म्याक्स ८ विमान करिब ३४ हजार फिटको उचाइमा उडिरहेका बेला को-पाइलटले क्याप्टेनलाई चक्कुले आक्रमण गरेको बताइएको छ। झडपका क्रममा विमान एक मिनेटमै करिब १७ हजार फिट तल झरेको […]