१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
×

कारागारमा कैदी र थुनुवाबीच झडप हुँदा ३ जना घाइते,

Logo
Abc Sanchar प्रकाशित आइतबार, मंसिर २३, २०८१

 

लमजुङ । शनिबार राति ७ बजेतिर दुई पक्षबीच भएको झडप छुट्याउने क्रममा कैदीहरु चिजकुमार श्रेष्ठ, सन्दीप श्रेष्ठ र दीपक सुनार घाइते भएका हुन् ।

कारागारका चौकीदार र झडपमा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । झडपमा संलग्न कैदीहरु अमल घले, श्रीकृष्ण चिलुवाल र देव गुरुङ साथै थुनुवाहरु मौलादिन मिया, तेज गुरुङ र चौकीदार खुसीराम मग्रातीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख डीएसपी निशान्त श्रीवास्तवले बताए ।

कैदी–थुनुवाबीच चौकीदारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै एक अर्काप्रति आरोप–प्रत्यारोप हुँदा झगडा भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी श्रीवास्तवले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य बढाएर पठाए पनि निगमले हालकै खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिने निर्णय गरेको छ। निगमले बुधबार विज्ञप्ति जारी गर्दै आम उपभोक्ताको हित तथा चाडपर्वलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य नबढाउने निर्णय गरिएको जनाएको हो। आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० […]

बाँके । चाडपर्वको समयमा यात्रुको सुरक्षित, मर्यादित र भरपर्दो यात्रा सुनिश्चित गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेबाट प्रहरी नायब निरीक्षक दिपकराज गिरीको कमाण्डमा ८ जनाको टोली खटिएको थियो। टोलीले नेपालगञ्ज उप-महानगरपालिका वडा नं. २० राँझास्थित रत्न राजमार्गमा १७१ वटा सार्वजनिक सवारी साधन चेकजाँच गर्दा ६२ वटा अतिरिक्त सिट/मुढा फेला पारी निकालिएको छ। त्यस्तै ट्राफिक नियम […]

काठमाडौं । दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमानमा उडानकै क्रममा दुई पाइलटबीच झडप भएपछि विमान साउदी अरबमा आकस्मिक अवतरण गराइएको छ। फ्लाइट FZ1073 बोइङ ७३७ म्याक्स ८ विमान करिब ३४ हजार फिटको उचाइमा उडिरहेका बेला को-पाइलटले क्याप्टेनलाई चक्कुले आक्रमण गरेको बताइएको छ। झडपका क्रममा विमान एक मिनेटमै करिब १७ हजार फिट तल झरेको […]