०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
×

हत्या गरी फरार रहेका २ जना अभियुक्त पक्राउ

Logo
प्रकाशित सोमबार, कार्तिक २५, २०७६

कात्तिक २५, काठमाडौं । २०५९ कात्तिक २९ गते धादिङ साबिक दार्खा गाबिस-२ हाल खनियाबास गाउँपालिका-३ बस्ने २४ वर्षीय पशुराम तामाङलाई धारिलो हतियार खुकरी र नाईन स्टिक प्रहार गरी हत्या गरी फरार रहेका २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धादिङ खनियाबास गाउँपालिका-३ बस्ने ४२ वर्षीय गोम लामा तामाङ र काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-६ मुलपानी बस्ने धादिङ खनियाबास गाउँपालिका-३ घर भएका ३७ वर्षीय शुक लामा तामाङ रहेका छन् । केन्द्रीय अनुसन्धान व्यूरो महारागजंबाट खटिएको प्रहरीले गोम लामालाई काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-१ गागलफेदी र शुक लामालाई काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-१ बाबा चोक मुलपानीबाट फेला पारी पक्राउ गरेको हो ।

उनीहरुले पशुराम तामाङलाई पुरानो रिसईबी तथा युवतीको विषयलाई लिएर भएको बिबादमा धारिलो हतियार खकुरी तथा नाईन स्टिक समेत प्रहार गरी हत्या फरार भएका थिए ।साथै वारदात समयबाटै फरार रहेका गोम लामा तामाङ बैदेशिक रोजगारीको सिलसिलामा दुबई गई ३ वर्ष बसी फर्की आए पश्चात गागलफेदीमा कृषि फर्म तथा घर जग्गाको व्यबसाय गर्दै आएको र शुक लामा तामाङ कतार तथा मलेशिया समेतमा ६ वर्ष बसेर फर्की मुलपानीमा खाजा नास्ता पसल संचालन गरी लुकुछिपि बस्दै आएको अनुसन्धानबाट खुल्न आएको उक्त व्यूरोले जनाएको छ ।

पक्राउ दुवै जनालाई आवश्यक कारवाहीको लागि आइतबार जिल्ला प्रहरी कार्यालय धादिङ पठाइएको सो व्यूरोले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । कीर्तिपुर नगरपालिका-१ ट्याङ्ला फाँटमा बा ५ च ३०३८ नम्बरको गाडी आगलागी भएको थियो । उक्त गाडीबाट एक जना पुरुषको शव निकालिएको काठममाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए । आगलागी भएको गाडी नबिल बैंकको नाममा रहेको खुलेको प्रहरीले जानाएको छ । घटनाको थप अनुसन्धान सुरु भएको छ ।

बारा । कलैया उपमहानगरपालिका–४ गुप्ता पेट्रोल पम्प नजिक गए राति करिब साढे १२ बजे तिर भएको दुर्घटनामा स्थानका ४० वर्षीय शिवनारायण पासवानको  मृत्यु भएको प्रहरीले जनाएको छ। उनी ट्रकमा सवार थिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति नै प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको हो। बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा. १ क ४८३६ नम्बरको […]

एजेन्सी । सोमबार, जुलाई २०, २०२६ अगरतलास्थित राज्य प्रहरी मुख्यालय PHQ को कार्यालय च्याम्बर भित्रको बाथरुममा उनलाई तुरुन्तै GB पन्त अस्पताल लगिएको थियो, तर डाक्टरले 12:48 बजे मृत घोषणा गरे प्रहरीले अहिलेसम्म आधिकारिक कारण नखुलाए पनि धेरैजसो मिडियाले आत्महत्या भएको आशंका गरेको छ। केही रिपोर्टमा आफ्नै सरकारी पेस्तोलबाट गोली हानेको आशंका गरिएको छ भने केहीमा […]

error: Content is protected !!